विदेश

अफगान एयर फोर्सकी प्रथम महिला पाइलटले अमेरिकामा शरणार्थी बन्न आवेदन दिएपछि...

अफगान एयर फोर्सकी प्रथम महिला पाइलटले अमेरिकामा शरणार्थी बन्न आवेदन दिएपछि...

पुस १३ । अफगानस्थान एयर फोर्सकी प्रथम महिला पाइलटले अमेरिकामा शरणार्थीको रुपमा बसोबास गर्न आवेदन दिएका छिन् । तीन वर्ष अगाडि अफगानी एयर फोर्समा पाइलटको रुपमा प्रवेश गरेकी निलुफार रहमानीले अफगानस्थानमा आफ्नो जीवन सुरक्षित नभएको भन्दै अमेरिकामा शरणार्थी हुनका लागि आवेदन दिएकी हुन् ।

तीन वर्ष अगाडि उनी एयरफोर्समा जोडिँदा अफगानस्थानमा महिला सशक्तिकरणको नमुना बनेकी थिइन् । उनको यो चर्चा र उदाहरण उनकै जीवनका लागि घातक बनेको जनाइएको छ। उनलाई त्यहाँ अनेकौँ चेतावनी दिइएको छ ।

उनका कानुनी सल्लाहकार किम्वरली मोट्ली ले भनेका छन, ‘रहमानीले त्यहाँका विद्रोही समूह तथा सरकारी अधिकारीबाट अनेकौँ धम्की बेहोरिरहेकी छन, यदि उनी अफगानस्थान फर्किइन भने उनको ज्यान जोखिममा रहने छ ।’

रहमानी २५ वर्षको उमेरमा देशकै पहिलो महिला पाइलटको रुपमा सन २०१३ मा नियुक्ति भएकी थिइन् । ‘म सँधै पाइलट हुन चाहन्छु’, उनले भनेकी छन, ‘पाइलट हुनु मेरो बुवाको सपना थियो ।’ ‘मेरो काम विश्वलाई एउटा शन्देश दिने थियो, अफगानस्तानमा केटीले पनि केटाले गर्ने काम गर्न सक्छन् ।’

  • एजेन्सी

Afagan Woman Pailot

विशेष