व्यापार

पाँच सय हेक्टरमा माछापोखरी विस्तार

पाँच सय हेक्टरमा माछापोखरी विस्तार
पुस १३ । थप पाँच सय हेक्टर जग्गामा माछापोखरी विस्तार हुने भएको छ । जिल्लामा मत्यक्षेत्र कार्यक्रम सञ्चालनमा ल्याइएपछि र माछापालनप्रति कृषकको आकर्षण बढ्दै गएपछि पोखरी विस्तार गर्न लागिएको हो । अहिले जिल्लामा छ सय हेक्टर जग्गामा पोखरी रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा ६५ मुख्य क्षेत्र र एक हजार पाँच सय ब्लकमार्फत पोखरी विस्तार गर्न लागिएको कार्यालय प्रमुख मनोज यादवले बताए । पोखरी विस्तार भएपछि तीन वर्षभित्र जिल्ला माछामा आत्मनिर्भर बन्ने यादवले विश्वास व्यक्त गरे । माछामा आत्मनिर्भर नहुँदा भारतबाट आएका माछा पूर्वी पहाडी जिल्लाका बजारसम्म पुुग्ने गरेका छन् । पोखरी विस्तार भएपछि वार्षिक रु सात करोड बराबरको माछा उत्पादन हुने जनाइएको छ । यसैबीच मोरङको राजघाट गाविसलाई मत्यक्षेत्रमा नसमेटिएको गुनासो स्थानीय बासिन्दाले गरेका छन् । राजघाटमा एउटै वडामा २९ बिघा बढी क्षेत्रफल जग्गामा पोखरी खनेर मत्स्यपालन गरिँदै आएको भए पनि सरकारबाट कुुनै पनि अनुुदान नपाइएको राजघाट–४ का डिल्लीराम न्यौपानेले बताए ।

Fish Farming

विशेष