जापानी प्रधानमन्त्रीको पर्ल हार्बरको भ्रमण ऐतिहासिक : ओबामा
पुस–१३ । अमेरिकी राष्ट्रपति बाराक ओबामा र जापानी प्रधानमन्त्री सिन्जो आबेले हवाई राज्यको पर्ल हार्बरको भ्रमण गरेका छन् ।
राष्ट्रपति बाराक ओबामाले जापानी प्रधानमन्त्री सिन्जो आबेको यो भ्रमणलाई ‘ऐतिहासिक संकेत’ भएको यसबाट शक्ति पुनर्मिलनतर्फ गएको देखाएको बताएका छन् ।
पर्ल हार्बरस्थित अमेरिकी नौ सेनाको केन्द्रमा आयोजित यस कार्यक्रममा जापानी प्रधानमन्त्री आबे र अमेरिकी राष्ट्रपति ओबामा एक साथ उपस्थित थिए । पर्ल हार्बरमा यसप्रकार एक साथ अमेरिकी र जापानी नेताहरुको भ्रमण यो पहिलो पटक हो ।
सन् १९४१ का जापानले पर्ल हार्बरमा गरेको आक्रमणमा परी करिब दुई हजार तीन सय अमेरिकी सैनिकको मृत्युभएको थियो । प्रधानमन्त्री आबेले ७५ वर्षअघि आफ्ना मुलुकले आक्रमण गरेको सो स्थानको भ्रमण गर्दै उक्त आक्रमणको क्रममा ज्यान गुमाउनु सबैप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
भ्रमणको क्रममा प्रधानमन्त्री आबेले युद्धको त्रासदी अल कहिल्यै दोहोरिनुहुन्न भन्ने जापानी जनताले कसम खाएको बताएका छन् । जापानको यस आक्रमणपछि सन् १९४५ मा अमेरिकाले जापानी सहरहरु हिरोसिमा र नागासाकीमा आणविक आक्रमण गरेको थियो ।
सो आक्रमणहरुमा डेढ लाख व्यक्ति मारिएको विश्वास गरिन्छ। यो सहरको भ्रमण गर्ने पहिलो वाहालवाला राष्ट्रपति बाराक ओबामा हुन् । रासस÷एपी