मुख्य समाचार News

कुलमानलाई असहयोग गर्ने तीन संचालकलाई सर्वोच्चको अन्तरिम साथ

कुलमानलाई असहयोग गर्ने तीन संचालकलाई सर्वोच्चको अन्तरिम साथ

पुस – १३ । लोडसेडिङ अन्त्य गर्ने अभियानमा असहयोग गरेको आरोप खेपेका र सोही आरोपमा बर्खास्तीमा परेका नेपाल विद्युत प्राधिकरणका तीन जना सदस्यलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत थमौति गरेको छ । संचालक सदस्यत्रय लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई बर्खास्त गर्ने उर्जा मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्चले अन्तरिम आदेश दिएको हो । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङकाविरुद्ध अभियान थालेपछि उनीहरुलाई उर्जा मन्त्रालयले बर्खास्त गरेको थियो । पुस ४ मा उनीहरुलाई बर्खास्त गरी मन्त्रालयले नयाँ सदस्य थप गरेको थियो । अदालतले तत्कालका लागि बर्खास्तीको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनि अन्तरिम आदेश दिएसँगै नयाँ नियुक्ति पनि प्रभावित भएको छ । प्रकाशमान सिंह राउतको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ ।

मनोजकुमार मिश्र लक्ष्मणप्रसाद अग्रवाल सुरज लामिछाने

विशेष