News

उपराष्ट्रपतिको छोरा भन्दै सरकारी कार्यालयमै ठगी गर्ने पक्राउ

उपराष्ट्रपतिको छोरा भन्दै सरकारी कार्यालयमै ठगी गर्ने पक्राउ
पुस–१३ । सरकारी तथा गैरसरकारी कार्यालयमा उपराष्ट्रपतिको छोरा भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोक राम्चे घर भई भक्तपुर कमलबिनायक बस्ने कमल भन्ने रोशन सुवेदी पक्राउ परेका हुन् । उनले अहिलेसम्म राजश्व अनुसन्धान विभाग, औषधि व्यवस्था विभागदेखि परराष्ट्र मन्त्रालयमा फोन गरेर रकम मागेका थिए । काठमाडौं प्रहरी अपराध महाशाखाका अनुसार उनले पत्रपत्रिकाबाट कार्यालय तथा संघ संस्थाको नाम संकलन गर्ने र टेलिकमको १९७ बाट नम्बर लिएर नेकपा माओवादीको कार्यक्रमका लागि १० र १५ हजार सहयोग गर्नुपर्याे भन्दै रकम माग्ने गरेका थिए । सुवेदीले निरन्तर पैसा माग्ने गरेको सूचनाका आधारमा महाशाखाले मंगलबार पक्राउ गरी बुधबार आवश्यक कानुनी कारबाहीका लागि महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ । उनले हुलाक सेवा विभाग, डिल्लिबजारमा फोन गरी १० हजार रुपैयाँ माग गरेको पनि उल्लेख छ ।

ठगी सरकारी तथा गैरसरकारी कार्यालय

विशेष