News

आयोग निर्वाचनका लागि तयार

आयोग निर्वाचनका लागि तयार
पुस - १३ । प्रमुख दल स्थानिय तहको निर्वाचनको मिति घोषणाको छलफलमा केन्द्रित भएकै बेला निर्वाचन आयोगले निर्वाचनका लागि आफूहरु तयार रहेको बताएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७२/०७३ को वार्षिक प्रतिवेदन बुझाउँदै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले २०७४ माग ७ भित्र तीन तहको निर्वाचन गर्नुपर्ने आयोगको चुनौतीलाई सहजरुपमा व्यवस्थापन गर्न सम्पूर्ण शक्ति परिचालन गर्ने बताएका हुन्। राष्ट्रपति कार्यालय शीतल निवासमा वार्षिक प्रगति राष्ट्रपतिसमक्ष पेस गर्दै उनले विभिन्न तहका निर्वाचन व्यवस्थापनको चुनौतीलाई आयोगले अवसरका रुपमा लिएको र त्यसका लागि आवश्यक कानुन, नियमावली र निर्देशिका बनाउन जरुरी रहेको बताएका छन्। पाँच क्षेत्रीय निर्वाचन र ७० वटा जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र अन्य २६ इलाका प्रशासन कार्यालयमार्फत वर्षैभरि निरन्तर मतदाता दर्ता सञ्चालन भइरहेको उनले जानकारी दिए। प्रतिवेदनअनुसार विभिन्न तहको निर्वाचनका लागि आवश्यक विभिन्न नौ वटा ऐन तर्जुमाका लागि सम्बन्धित निकायमा पठाइएको उनले जानकारी दिए। संविधानअनुसार विभिन्न तहको निर्वाचन व्यवस्थापनका लागि पूर्वतयारी, निर्वाचनसम्बन्धी कानुन, नियमावली निर्माणमा चुनौती रहेको आयोगले ठहर्याएको छ । भूकम्पबाट क्षति पुगेका मतदान केन्द्रको पुनःनिर्माणलाई आयोगले प्रमुख चुनौतीका रुपमा लिएको छ । प्रतिवेदमा २०७२ साउन १ देखि ०७३ असार मसान्तसम्ममा सम्पादन गरेका कार्यको विवरण समेटिएको छ।

निर्वाचन आयोग विद्यादेवी भण्डारी

विशेष