ताजा खबर News

रहेनन् भाषा साहित्यका शिरपोष

रहेनन् भाषा साहित्यका शिरपोष

पुस १४ । लेखक तथा मदन पुरस्कार पुस्तकालयका अध्यक्ष कमलमणि दीक्षितको निधन आज निधन भएको छ । श्वासप्रश्वास सम्बन्धी रोगबाट पीडित ८७ वर्षीय दीक्षितको ललितपुरको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा आज बिहान २ः४५ बजे निधन भएको हो ।

खोजमुलक निवन्ध, नियात्रा, संस्मरण, साहित्य लगायत विषयमा दीक्षितका ५० भन्दा बढी कृति प्रकाशित छन् । दीक्षितको सकृयतामा २०१२ सालमा मदन पुरस्कार पुस्तकालय तथा मदन पुरस्कार गुठीको स्थापना भएको थियो।

गुठी मार्फत् नेपाली भाषामा प्रकाशित हुने उत्कृष्ट पुस्तकका निम्ति मदन पुरस्कार र नेपाली भाषाको श्रीवृद्धिका लागि योगदान वापत जगदम्बा श्री पुरस्कार वर्षेनी प्रदान गरिन्छ ।

यससँगै उनी मदन मेमोरियल स्कुल, साझा प्रकाशन, गोरखापत्र संस्थान, रोटरी क्लब,जनक–जानकी सभा, बीपी कोइराला संग्रहालय समिति, बीपी कोइराला नेपाल–भारत प्रतिष्ठान आदि जस्ता दर्जनौं भाषिक, साहित्यिक, सांस्कृतिक संस्थाहरूमा सक्रिय थिए । दीक्षितको आजै विहाने पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो ।

Kamalmani Dixit Mandan Mani Dixit

विशेष