News

मन्त्रीपरिषद्को बैठक सम्पन्न, रविन्द्र केसी महासेनानीमा बढुवा

मन्त्रीपरिषद्को बैठक सम्पन्न, रविन्द्र केसी महासेनानीमा बढुवा

पुस १४ । सरकारले शिक्षा क्षेत्रमा खर्च गर्ने गरी एसियाली विकास बैंक एडिवीले दिने २ अर्व १२ करोड अनुदार रकम स्वीकार गर्ने निर्णय गरेको छ ।आज विहान बसेको मन्त्रिपरिषद बैठकले एडिवीको अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको हो।

यसैगरी बैठकले समग्र पोखराको खानेपानी सुधारकालागि चार अर्व ४३ करोड दिने निर्णय गरेको संचारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।

बैठकले भूकम्पका कारण क्षति पुगेको माथिल्लो त्रिशुली ३ ए बाँध मर्मत गर्न ६१ करोड १८ लाख दिने निर्णय गरेको छ । बैठकले नेपाली सेनाका प्रमुख सेनानी रविन्द्र केसीलाई महासेनानीमा बढुवा गरेको छ।

मन्त्रिपरिषद बैठकले शतप्रतिशत भत्ता बढाउनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका भूकम्प प्रभावित क्षेत्रमा खटिएका इन्जिनियरलगायत प्राविधिकको ७५ प्रतिशतसम्म भत्ता बढाउने निर्ण गरेको छ। सदरमुकाममा बस्नेलाई ५० प्रतिशत र सदरमुकाम बाहिर जानेलाई ७५ प्रतिशतसम्म भत्ता उपलब्ध गराउने निर्णय गरेको संचारमन्त्री कार्कीले जानकारी दिए ।

विशेष