विदेश

अम्माको ठाँउमा चिन्नम्मा

अम्माको ठाँउमा चिन्नम्मा
पुस १४ । भारतको तमिलनाडुको सत्तारुढ पार्टी अन्नाद्रमुकको नेतामा शशिकला चयन भएकी छन् । अन्नाद्रमुक पार्टीको जनरल काउन्सिलले शशिकलालाई पार्टीको नेतृत्व दिने सम्बन्धी प्रस्ताव पारित गरेको हो । तमिलनाडुकी पूर्व मुख्यमन्त्री तथा अन्नाद्रमुक पाटी प्रमुख जयललिताको निधन भएपछि शशिकलालाई पार्टी प्रमुखमा नियुक्त गरिएको हो । अन्नाद्रमुकको जनरल काउन्सिलले उनलाई पार्टीको महासचिवमा चयन गरेको हो । शशिकला तीन दशकसम्म जयललिताको सहयोगीको रुपमा रहिन् । पार्टी कार्यकर्ताले जयललितालाई ‘अम्मा’ र शशिकलालाई ‘चिन्नम्मा’ को रुपमा सम्बोधन गर्ने गरेका छन् ।

Jayalalita

विशेष