News

संसद्को बैठक सोमबारसम्मका लागि स्थगित

संसद्को बैठक सोमबारसम्मका लागि स्थगित
पुस – १४ – व्यवस्थापिका–संसद्को बैठक बिहीबार पनि एमालेलगायतका दहरुले अवरुद्ध गरेका छन् । बैठक आउँदो सोमबारसम्मका लागि स्थगित गरिएको छ । संविधान संशोधन प्रस्तावको विरोधमा एमालेसहित विपक्षी दलले पटकपटक संसद अवरुद्ध गर्दै आएका छन् । बिहीबार बोलाइएको संसद बैठकको सुरुमै विपक्षी दलको तर्फबाट एमाले सांसद बैजनाथ यादवले संविधान संशोधन प्रस्ताव फिर्ता लिन गरेका थिए । प्रस्ताव फिर्ता नभएसम्म संसद चल्न नदिने भन्दै उनले सम्बोधन गरेपछि एमालेसहित विपक्षी दलका सांसद आआफ्नो कुर्सीबाट उठेर समर्थन जनाएका थिए । एमालेसहित विपक्षी दलका सांसदले विरोध गरेपछि सभामुख ओनसरी घर्तीले सोमबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेकी हुन् । संसद बैठक चल्न नसक्दा चुनावको मिति घोषणा, चुनावका लागि आवश्यक कानुन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमान सिंह कार्कीमाथिको महाअभियोग लगायत विषयमा छलफल हुन सकेको छैन ।

व्यवस्थापिका–संसद्

विशेष