विदेश

फिलिपिन्सका राष्ट्रपतिद्वारा भ्रष्ट कर्मचारीलाई हेलिकोप्टरबाट फ्याकिदिने चेतावनी

फिलिपिन्सका राष्ट्रपतिद्वारा भ्रष्ट कर्मचारीलाई हेलिकोप्टरबाट फ्याकिदिने चेतावनी
पुस – १४ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेले सरकारका भ्रष्ट अधिकारीहरुलाई हेलिकोप्टरबाट फ्याकिदिने चेतावनी दिएका छन् । उनले उहाँले यदि कसैले भ्रष्टाचार गरेको थाहा पाए त्यस्ता व्यक्तिलाई हेलिकप्टरमा राजधानी मनिला र्पुयाउने र खसाल्ने चेतावनी दिएका हुन् । उनले बिहीबार आँधिबाट प्रभावित नागरिकलाई सम्बोधन गर्दै यसअघि पनि आफूले उडिरहेको हेलिकप्टरबाट एक चिनीया नागरिकलाई खसालिसकेको दावी गर्दै यस्तो काम फेरि गर्न नहिच्किचाउने बताए । ’यदि भ्रष्ट अधिकारीहरु सुध्रिँदैनन् भने म उनीहरुलाई हेलिकोप्टरबाट आकाशमा लगेर भुइँमा फ्याकिदिन बाध्य हुनेछु’, उनले भनेका छन् । डुर्टेटे यसअघि पनि यस्तो कारवाही गरिसकेको बताउँदै सरकारी अधिकारीहरुलाई आफूलाई फेरि त्यस्तै कठोर कदम चाल्न बाध्य नपार्न पनि चेतावनी दिएका छन् । ’यदि सुध्रिँदैनन् भने मलाई फेरि कठोर कदम चाल्न कुनै संकोच हुने छैन’, उनले भनेका छन्, ’भ्रष्टाचारीलाई ठेगान लगाउन मसँग यो बाहेक अरु विकल्प नहुन सक्छ ।’ राष्ट्रपति डुटेर्टेले यसअघि बलात्कार तथा हत्याका आरोपी एकजना चिनिया नागरिकलाई हेलिकोप्टरबाट आकाशमा लगेर जमीनमा फ्याकिदिएका थिए । आफ्ना अभिव्यक्तिका कारण विवादमा आइरहने डुटेर्टेले आफू मेयर छँदा तीन नागरिकको हत्या गरेको दावी गर्दै दुई हप्ताअघि विवादित बनेका थिए । डुटेर्टे सत्तामा आएयता फिलिपिन्समा लागुऔषध विरुद्धको कारवाहीमा झण्डै ६ हजार जनाको ज्यान गइसकेको छ ।

फिलिपिन्स रोड्रिगो डुर्टेटे

विशेष