विदेश

एक दिनमा ४२ आतङ्ककारी मारिए

एक दिनमा ४२ आतङ्ककारी मारिए
पुस–१४ । अफगानिस्तानको सरकारी सुरक्षा फौजको बुधबार बिहानबाट सुरु भएको कारबाहीमा परी थप ४२ जना शङ्कास्पद तालिवानी आतङ्कारीको मृत्यु भएको छ । “गत २४ घन्टाको अवधिमा अफगान राष्ट्रिय सुरक्षा फौजले गरेको कारबाहीमा परी २४ जना आतङ्कारीको मृत्यु हुनुको साथै ३६ जना घाइते भएका छन् । यस कारबाहीको क्रममा अन्य नौ जनालाई पक्राउ गरिएको रक्षा मन्त्रालयद्वारा बिहीबार जारी विज्ञप्तिमा जनाइएको छ । संयुक्त सुरक्षा फौजले आतङ्ककारी लुकेर बसेको थाहा पाएपछि आक्रमण गरेको पनि विज्ञप्तिमा जनाइएको छ । रक्षा मन्त्रालयले आक्रमणका क्रममा सुरक्षा फौजतर्फ कुनै मानवीय क्षति भएको वा नभएको बारेमा कुनै जानकारी दिएको छैन । सुरक्षा कारबाहीका क्रममा तालिवानी आतङककारीले बम र हतियारबाट प्रतिकार गरेका थिए । कुन्दुस सहरमा आफगानिस्तान हिन्दू कम्युनिटिका स्थानीय तहका नेता नारदसिंह बिहीबार बिहान संयुक्त सुरक्षा फौजको कारबाहीमा मारिएका छन् । खोजी तथा अनुसन्धानकार्य जारी रहेको स्थानीय प्रहरीका प्रवक्ता मफुजुल्लाह अकबरीले जानकारी दिए । रासस-सिन्ह्वा

अफगानिस्तान

विशेष