News

जनावरी १ मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने

जनावरी १ मा अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइने
पुस – १४ । जागरुक युवा अभियान नेपालले नेपालीको पहिचान स्थापित गर्ने उद्देश्यले अंग्रेजी नयाँ वर्षको पहिलो दिन (जनावरी–१)मा नेपाली टोपी दिवस मनाउन लागेको जनाएको छ । यस वर्ष ‘हाम्रो सान, हाम्रो पहिचानः नेपाली टोपी अभियान’ भन्ने नाराका साथ चौथों अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन लागिएको हो । विगतमा दौरा, सुरुवाल र टोपीलाई नेपाली पोशाकका रूपमा मान्यता दिएपनि पछिल्लो समय नेपाली पोशाकको सूचिबाट हटाइएको भन्दै युवा अभियान नेपालले चिन्ता व्यक्त गरेको छ । नेपालको सबै प्रदेशलाई ईंगित हुने नेपाली टोपीलाई राष्ट्रिय पहिचानका रूपमा घोषणा गर्न समेत युवा अभियान नेपालले माग छ । नेपाली टोपी नेपाली पहिचानका रूपमा घोषणा गर्न जोडदार मागसमेत गरेको छ । ढाकाटोपी, कालोटोपी, भाद्गाउँले टोपी लगायत विविध सामुदायिक टोपीहरु यस अन्तर्गत पर्ने जारी विज्ञप्तिमा उल्लेख छ । जनवरी–१ का दिन राजधानीको माइतीघर मण्डलामा बिहान ७ बजे भेला भएर प्रभातफेरी कार्यक्रम आयोजना गर्ने बताएको छ ।

विशेष