विदेश

भ्रष्टलाई हेलिकोप्टरबाट फ्याक्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

भ्रष्टलाई हेलिकोप्टरबाट फ्याक्ने फिलिपिन्सका राष्ट्रपतिको चेतावनी

पुस १५ । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुर्टेटेले सरकारका भ्रष्ट अधिकारीहरुलाई हेलिकोप्टरबाट फ्याकिदिने चेतावनी दिएका छन् ।

उनले बिहीबार एक चेतावनी दिँदै यदि उनीहरु नसुध्रिएमा आफू कठोर भएर प्रस्तुत हुने बताएका हुन् । 'यदि भ्रष्ट अधिकारीहरु सुध्रिँदैनन् भने म उनीहरुलाई हेलिकोप्टरबाट आकाशमा लगेर भुइँमा फ्याकिदिन बाध्य हुनेछु', उनले भनेका छन् ।

डुर्टेटे यसअघि पनि यस्तो कारवाही गरिसकेको बताउँदै सरकारी अधिकारीहरुलाई आफूलाई फेरि त्यस्तै कठोर कदम चाल्न बाध्य नपार्न पनि चेतावनी दिएका छन् ।

'यदि सुध्रिँदैनन् भने मलाई फेरि कठोर कदम चाल्न कुनै संकोच हुने छैन', उनले भनेका छन्, 'भ्रष्टाचारीलाई ठेगान लगाउन मसँग यो बाहेक अरु विकल्प नहुन सक्छ ।'

राष्ट्रपति डुटेर्टेले यसअघि बलात्कार तथा हत्याका आरोपी एकजना चिनिया नागरिकलाई हेलिकोप्टरबाट आकाशमा लगेर जमीनमा फ्याकिदिएका थिए ।

Philipince

विशेष