अपराध सुरक्षा News

जागिर लगाइदिने भन्दै भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको खुलासा, तीन पक्राउ

जागिर लगाइदिने भन्दै भारत पुर्‍याएर मिर्गौला निकाल्ने गरेको खुलासा, तीन पक्राउ

पुस १४ । मानवअंग मिर्गौला बेचबिखन गर्ने गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको बौद्ध, नयाँबस्ती बस्दै आएका काभ्रे, महादेवस्थान–७ का बिनुबहादुर तिमल्सिना, भक्तपुर, कमलविनायक बस्दै आएका दोलखा, भीमेश्वर–५ का प्रकाश बस्नेत र कास्की, दाङसिङ–५ का भीमप्रसाद न्यौपाने रहेका छन् ।

उनीहरुलाई काठमाडौं र पोखराबाट पक्राउ परेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ । महाशाखाले विहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई सर्वाजनिक गरेको हो ।

अभियुक्तहरुले जागिर लगाइदिने प्रलोभनमा विभिन्न व्यक्तिलाई भारत लगेर बेहोस बनाइ मिर्गौला निकाली बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंमा अभियुक्त तिमल्सिना र बस्नेतले मिर्गौलाका ग्राहक खोज्ने गरेको र न्यौपानेसँग मिलेर भारतमा जागिर लगाइदिने भन्दै काठमाडौं ल्याउने गरेको प्रहरी जनाएको छ ।

हालसम्म पाँचजनाभन्दा बढीको मिर्गौला निकालिसकेको प्रहरीले जनाएको छ ।

Kidney

विशेष