विदेश

३५ जना रुसी कुटनीतिज्ञलाई अमेरिका छोड्न ओबामाको निर्देशन

३५ जना रुसी कुटनीतिज्ञलाई अमेरिका छोड्न ओबामाको निर्देशन
पुस १५ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले ३५ जना रुसी कुटनीतिज्ञलाई अमेरिका छोड्न निर्देशन दिएका छन् । राष्ट्रपति ओबामाले हालै भएको राष्ट्रपतिको निर्वाचनमा साइबर हमला गरेको आरोप लगाउँदै ३५ जना रुसी कुटनीतिज्ञलाई ७२ घण्टाभित्र अमेरिका छाड्न निर्देशन दिएका हुन् । अमेरिकाले दुई वटा रुसी कार्यालय बन्द गर्नेसमेत जनाएको छ भने केही रुसीमाथि आर्थिक प्रतिबन्ध लगाउने तयारीसमेत गरेको छ । राष्ट्रपति ओबामाले रुसले अमेरिकी अधिकारीहरुलाई निकै दुःख दिएकाले कठोर कदम चाल्नुपरेको स्पष्टोक्ति दिएका छन् । उनले रुसको हरकतसँग अमेरिकाले सधैं सावधान रहनुपर्ने पनि बताए । यसैबीच रुसी सरकारका एक प्रवक्ताले भने अमेरिकी कदमको रुसले उचित जवाफ दिने चेतावनी दिएका छन ।

Barak Obama

विशेष