विदेश

भारतमा कोयला खानी भत्कियो, ५० कामदार पुरिएकाे अाशंका

भारतमा कोयला खानी भत्कियो, ५० कामदार पुरिएकाे अाशंका

पुस १५ । भारत झारखण्डको कोयला खानी भत्किँदा करिब ५० जना मजदुर पुरिएको आशंका गरिएको छ । खानीमा पुरिएका मजदुर र गाडीहरुलाई निकाल्ने प्रयास भइरहेको छ ।

उद्धारका लागि सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । तर, बिद्युत आपूर्ति बन्द भएकाले समस्या भइरहेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

खानीभित्र जाने बाटो पनि पूर्णरुपमा बन्द भएको छ । खानी भित्र ४०–५० जना कामदारहरु रहेको प्रत्यक्षदर्शीलाई उदृद गर्दै भारतीय संचारमाध्यले जनाएका छन् ।

Indai Koila khani

विशेष