News

बिदाकाे दिन चलाएकाे भन्दै सरकारी गाडीमा आगजनी

बिदाकाे दिन चलाएकाे भन्दै सरकारी गाडीमा आगजनी

पुस – १५ । बिदाको दिन सरकारी गाडी चलाएको भन्दै नयाँ बानेश्वरमा सरकारी गाडीमाथि आगजनी गरेर्नुका साथै एउटा गाडी तोडफोड गरेका छन् । शुक्रबार दिउँसो नयाँ बानेश्वरस्थित अल्फाबिटा अगाडि बा २ झ १३९२ नम्बरको सरकारी स्कर्पियोमा आगजनी भएको हो । बा २ झ १०५५ नम्बरको गाडीको अगाडिको सिसा फुटाइएको छ । सरकारी गाडीमा आगजनी र तोडफोड कसले गर्यो खुल्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार सरकारी विदाका दिन चलाएको भन्दै गाडीमा आगजनी तोडफोड भएको हो । गाडी रोकेर तोडफोड गरेको चालकले बताए ।

सरकारी गाडीमा आगजनी

विशेष