विदेश

कम्बोडियाका राजा सिहामोनीकाे पहिलो रेल यात्रा

कम्बोडियाका राजा सिहामोनीकाे पहिलो रेल यात्रा
पुस - १५ । कम्बोडियाका राजा नोरोडोम सिहामोनी र प्रधानमन्त्री सम्डेच टेचो हुन सेनले राजधानी न्होमपेनदेखि दक्षिणीपश्चिमी सहर सिहानोउक्भीलेसम्म पहिलो पटक शुक्रबार रेल यात्रा गरेका छन् । राजाका बुवा नोरोडोम सिहानोउको शासनकालमा सन् १९६० को दशकमा बनाएको रेलमार्ग भएकाले त्यसको स्थलगत अवलोकनका लागि उनले रेलयात्रा गरेकाे यातायात मन्त्री सुन चानथोलले बताए । “यो रेलमार्ग अहिलेका राजाको बुवा सिहनोउकको शासनकालमा बनेको हो, त्यसैले उहाँले यो रेलमार्गको उपलव्धी र अवस्थाका बारेमा थाहा पाउन रेलयात्रा गर्नु भएको हो,” चानथोलले भने। उनको रेल यात्रा देशमा रेलको प्रयोग बढी गर्नका लागि आम नागरिकहरुलाई आह्वान गर्ने उद्देश्यले पनि भएको थियो । “रेलमा यात्रा गर्दा कारमा भन्दा केही ढिला त हुन सक्छ, तर आरामदायी र सुरक्षित पनि हुन्छ,” चानथोलले भने । सो रेल मार्गमा पूरा यात्रा गर्न सात घण्टामा सकिने पनि उनले जानकारी दिए । रेलको एउटा डिब्बामा दुई सय जना यात्रु सवार रहने र एक जनाको एकतर्फी भाँडा ६ अमेरिकी डलर पर्दछ । कम्बोडियामा दुई ओटा रेलमार्ग रहेका छन् । दक्षिणी एउटा रेलमार्गले न्होमपेनदेखि सिहानौक्उभीलेलाई जोडेको छ भने उत्तर तर्फको अर्को रेलमार्गले न्होमपेनदेखि पोइपेट सहर र थाइल्याण्डलाई जोडेको छ । दुवै रेलमार्ग सन् १९२९ र १९६९को बीचमा बनाइएको थियो । सन् २००९ मा दुवै रेलमार्ग पुर्ननिर्माणका लागि एसियन डेभलपमेन्ट बैंक र अन्य विकास साझेदार संस्थाहरुले १४ करोड १० डलर उपलब्ध गराएका छन् ।

norodom sihamoni

विशेष