विदेश

भारतः बेकरीमा आगलागी हुदाँ भारतमा ६ को मृत्यु

भारतः बेकरीमा आगलागी हुदाँ भारतमा ६ को मृत्यु
पुस - १५ । भारतको पश्चिमी क्षेत्रमा पर्ने पुणेमा रहेको एक बेकरीमा भएको आगलागीमा परी छ जना कामदारको मृत्यु भएको छ । बेकरीमा आगलागी भएका बेला उनीहरु भित्रै थुनिएकाले जलेर उनीहरुको मृत्यु भएको प्रहरी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “बेकरीको मुख्य सटर बाहिरबाट बन्द गरिएको थियो, ६ जना कामदार भित्रै थुनिए, त्यसैले उनीहरुको मृत्यु भयो,” एक प्रहरी अधिकारीले प्रेस ट्रष्ट अफ इण्डीया(पिटीआई)लाई जानकारी दिए । आगोले जलेपछि उनीहरुलाई हतार हतार अस्पताल लगिएको भएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । घटनाका बारेमा थप अध्ययन अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । उनीहरुलाई बाहिरबाट भित्र थुन्नुको कारणका बारेमा अनुसन्धान जारी रहेको प्रहरी अधिकारीहरुले बताएका छन् । उनीहरु सवैजना उत्तर प्रदेशका रहेको बताइएको छ ।

विशेष