विदेश

किन गर्यो टर्किस एयरलाइन्सले २ सय ५० उडान रद्द ?

किन गर्यो टर्किस एयरलाइन्सले २ सय ५० उडान रद्द ?

पुस – १५ । टर्किस एयरलाइन्सले २५० उडान रद्द गरेको छ । मौसम खराबीका कारण युरोपियन सहरहरुसहित इस्तानबुलबाट हुने २५० उडान रद्द गरेको हो । हिमपातसँगै इस्तानबुलको मौसममा आएको खराबीका कारण शुक्रबार र शनिबारका उडानहरु रद्द गर्नु परेको टर्कीको राष्ट्रिय ध्वजाबाहक एयरलाइन्सले जनाएको छ । ह्याम्बर्ग, म्युनिख, ब्रसेल्स, मिलान, आम्स्टार्डम, जेनेभा, बुढापेस्ट, बेलग्रेड, डुसेलडोर्फ, स्कोपेजी, जाग्रब, भर्ना, सोफिा तथा त्रिनाका उडान बढी प्रभावित भएका छन् । इस्तानबुलमा हिमपातसँगै आएको तीब्र गतिको आँधीले जनजीवन प्रभावित भएको हो । इस्तानबुल विमानस्थलदेखि हुने केही उडानहरु हिमपातपछिको मौसमका कारण रद्द भएका छन्’, कम्पनीले वेबसाइटमा सूचना जारी गर्दै भनेको छ । इस्तानबुलदेखि युरोपियन सहरहरुमा हुने उडान धेरै रद्द भएका छन् ।

टर्किस एयरलाइन्स

विशेष