अभिलेख ताजा खबर राजनीति News

यी हुन् सरकारी गाडी आगजनी गर्नेहरु, राष्ट्रपतिकी सहयोगी, सरकारी कर्मचारीदेखि नेताका भतिजासम्मले यसरी मच्चाए ताण्डव

यी हुन् सरकारी गाडी आगजनी गर्नेहरु, राष्ट्रपतिकी सहयोगी, सरकारी कर्मचारीदेखि नेताका भतिजासम्मले यसरी मच्चाए ताण्डव

शुक्रबार दिउँसो तुलसीलाल अमात्य स्मृति भवनमा गोपीरमण उपाध्यायको किताव बिमोचन हुँदै थियो । त्यहाँ उपस्थित थिए नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओली । ओलीसँग युवा संघका केही नेताले कानेखुशी गरे । त्यसपछि उनीहरु बाहिरिए । बुद्धनगरस्थित युवा संघको कार्यालय छेवैमा इन्द्रेणी कम्प्लेक्स छ । शुक्रबार सार्वजनिक बिदा भएपनि सरकारी उच्च अधिकारी इन्द्रेणी कम्प्लेक्स पुगेका थिए । उनीहरुले गाडी बाहिर बाटोमा पार्किङ गरेका थिए । ओलीसँग खासखुस गरेर बाहिरिएका युवा संघका नेताहरु आफ्नो कार्यालयमा केही बेर छलफलमा व्यस्त रहे । त्यसपछि रामजी सापकोटा, विपिन ढकाल र अशोक रावल निरीक्षणका लागि इन्द्रेणीतिर लागे । खगराज अधिकारी स्वास्थ्यमन्त्री हुँदा प्राविधिकको जागिर पाएका सरकारी कर्मचारी रामजी सरकारी गाडी आगजनी गर्ने योजनामा सामेल थिए । उनलाई साथ दिएका थिए एमाले उपाध्यक्ष भीम रावलको भतिज नाता पर्ने अशोक रावलले । सो समुहले गाडीको रेकी गरेर फर्केपछि युवा संघका उपाध्यक्ष रमेश पौडेललको नेतृत्वमा एक समुह इन्द्रेणीतर्फ लाग्यो । पछि लागेः राष्ट्रपति बिद्यादेबी भण्डारीको सचिवालयमा रहेकी सुमित्रा थापा र कृषि अनुसन्धान केन्द्र खुमलटारमा जागिरे रहेकी सरस्वती खड्का । स्रोतका अनुसार राष्ट्रपति कार्यालयको सरकारी गाडी चढेर आएकी सुमित्रा सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरिएको भन्दै सरकारी गाडी जलाउन सडकमा उत्रिएकी थिइन् । संवैधानिक तथा गैरराजनीतिक ओहदामा रहेकी राष्ट्रपतिको सचिवालयमा रहेकाहरु राजनीतिक र अराजक गतिविधिमा उत्रेको यो पहिलो पटक होइन । यसअघि केपी ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिनुपर्ने भन्दै युवासंघको आयोजनामा गरिएको स्वतस्फुर्त जुलुशमा दीपा शर्मा लगायतका सचिवालयका सदस्य सहभागी भएका थिए । सरकारी गाडी तोडफोड र आगजनी गर्न थालेपछि युवा संघकै नेताहरुका बीचमा सडकमै भनाभन भएको थियो । निरेशलाल सिंह, रोशन मस्नेत (महेश बस्नेत मन्त्री हुँदा पिए ), विपिन ढकाल, प्रकाश गौतम, अजयजङ्ग शाही, रामकाजी वान्तवा, माधब बास्तोला र बचन सिंह लगायतका नेताहरुले सरकारी गाडीलाई निशाना लगाउन थालेपछि सँगै रहेका सचिव हस्त शाही पार्टी नीति विपरितको गतिविधि भन्दै विरोधमा उत्रिएका थिए । उनले आगजनी र तोडफोड गर्न नहुने भन्दै आफ्ना सहकर्मीहरुलाई छेकेको तर उनलाई धकेलिएको प्रत्यक्षदर्शीले नेपाल आजलाई जानकारी दिए ।
कार्यक्रम थियो चक्काजामको, भयो अर्कै युवा संघले बुटवल र नेपालगंजमा आफ्ना कार्यकर्तामाथि भएको हमलाको विरोधमा शुक्रबार साडे तीन बजे काठमाडौंमा चक्काजाम गर्ने कार्यक्रम तय गरेको थियो । सोका लागि युवा संघका नेता कार्यकर्ता माइतीघर आउँदै थिए । उनीहरु पुग्नुभन्दा पहिले नै बानेश्वरमा युवा संघको एउटा समुहले ताण्डव गरिसकेको थियो जुन समुह तुलसीलाल अमात्य स्मृति भवनमा पार्टी अध्यक्ष केपी ओलीसँग कानेखुशी गरेर बाहिरिएको थियो । बानेश्वरमा आगजनी भएपछि चक्काजामको कार्यक्रम बिथोलिएको थियो । त्यसपछि युवा संघको कार्यलयमा पुगेका नेता कार्यकर्ताले सबै कुरा बुझेका थिए । कार्यालयका घरबेटीले मुख्य ढोका लगाइदिएका थिए । [caption id="attachment_48289" align="aligncenter" width="955"] तोड्फोड गर्ने समुह युवा संघको कार्यालयमा[/caption]
रविन्द्रले भनेझैं प्रहरीले पक्राउ गर्ला ? नेकपा एमालेका युवा नेता एंव सांसद रविन्द्र अधिकारीले सरकारी गाडीमा आगजनी गर्नेलाई पक्राउ गर्न सरकारसँग माग गरेका थिए । उनले सामाजिक संजालमा स्टाटस लेख्दै हिंसा एमालेको नीति नभएको र आगजनी गर्ने जो भएपनि कानूनी दायारामा ल्याउनुपर्ने जनाएका थिए । आगजनी गर्ने व्यक्तिहरु राष्ट्रपतिकी सहयोगी देखि सरकारी कर्मचारी तथा युवा संघका पदाधिकारी रहेको सत्य खुलेको छ । के यिनीहरुलाई पक्राउ गर्न एमाले राजी छ ? अधिकारी स्वंय सहमत होलान् ? प्रश्न गम्भीर बनेको छ ।
घोषणा एउटा, व्यवहार अर्कै नेकपा एमालेले संविधानसभाको दोस्रो निर्वाचनमा कुनैपनि बाहानामा बन्द हडताल र तोडफोड नगर्ने वाचा गरेको थियो । प्रतिपक्षको बेन्चमा बस्न थालेसँगै एमालेका नेता कार्यकर्ता एकपछि अर्को बन्द हडताल र तोडफोडमा लागेका छन् । एमालेको घोषणा आफैँलाई घाँडो बनेको भनि टिकाटिप्पणी व्याप्त छ ।

gadi aaglagi ramesh poudel ramji sapkota saraswati khadka sumitra thapa

विशेष