News

घुस्याहा र कामचोर कर्मचारीको भत्ता वृद्धि

घुस्याहा र कामचोर कर्मचारीको भत्ता वृद्धि

पुस–१६ । सरकारी कर्मचारीको कामचोर र घुसखोरी प्रवृत्तिका कारण कार्यसम्पादन नै धराशयी भइरहेका बेला पहुँचवाला निकायहरुको दबाबमा सरकारले कामै नगर्ने कर्मचारीलाई तलबको ५० देखि सय प्रतिशतसम्म अतिरिक्त भत्ता उपलब्ध गराउँदै आएको छ ।

कर्मचारीलाई प्रोत्साहन गर्न भन्दै चालू आर्थिक वर्ष २५ प्रतिशतसम्म तलब वृद्धि गरेको सरकारले कतिपय कर्मचारीलाई सय प्रतिशतसम्म अतिरिक्त भत्ता दिएको हो । दुर्गम, सेवाग्राहीको बढी भीड हुने कार्यालयहरुमा कर्मचारी पठाउन प्रोत्साहन गर्नुपर्नेमा सरकारले अधिकांश राजधानीमै रहेका र कामको चापसमेत कम हुने निकायमा मनलाग्दी ढंगले प्रोत्साहन भत्ता बाढेको छ ।

सेवाग्राहीसँग कुनै सरोकार नै नहुने कार्यालयहरुमा कामको चाप हुने भन्दै केही सूचकलाई आधार बनाएर भत्ता दिइँदै आइएको छ । यसरी कर्मचारीलाई मनपरी प्रोत्साहन भत्ता दिँदा उपलब्धिबिनै राज्यको करोडौँ रुपैयाँ खेर गइरहेको छ । कर्मचारीको खासै काम नहुने र सेवाग्राहीको सम्पर्क नै नहुने राष्ट्रपति, उपराष्ट्रपति कार्यालय, निजामती किताब खाना, संसद् सेवालगायतका कर्मचारीलाई प्रोत्साहन भत्ता दिँदै आएको सरकारले सेवाग्राहीको अत्यन्तै भीड लाग्ने र दुर्गम क्षेत्रमा खटिएका कर्मचारीलाई भने यस्तो भत्ता दिइएको छैन । –नागरिक दैनिकबाट

विशेष