हाकिमको घरमा भात पकाउँदै अनुसन्धानका कर्मचारी
पुस १६ । राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीलाई सूचना संकलनबाहेक अन्य कुनै पनि काममा पठाउने प्रावधान छैन । तर, सोर्सफोर्स र दबाबका भरमा उनीहरुलाई अनुसन्धान विभागबाट तलब दिएर हाकिमहरुको घरमा कामदारको रुपमा खटाउने गरिएको छ ।
विभागको प्रमखबाट देवीराम शर्माले अवकाश पाएको आठ वर्ष भइसकेको छ । तर उनको घरमा रामनाथ चौधरी घरेलु कामदाका रुपमा कार्यरत छन् । सिपाहीदेखि नै शर्माको घरमा बसेका चौधरी सइमा बढुवा भइसकेका छन् । उनको जिम्मेवारी शर्माको घरमा घरेलु कामदारकै रुपमा सीमित छ । आफ्नो घरमा बसेपनि सइ चौधरीले विभागमा समेत काम काम गर्दै गरेको शर्माको दाबी छ । स्रोतका अनुसार कार्यालयमा हाजिर गरेको देखाएर उनले चौधरीलाई घरमा काम लगाउँदै आएका छन् ।
चौधरी जस्तै विभागमा धेरैजना सरकारको दल खाएर हाकिमको घरमा भात पकाउँछन् । विभागका प्रमुख दिलिप रेग्मी, एआइजीहरुले समेत तल्लो तहका कर्मचारीलाई काममा लगाउँदै आएका छन् । –नयाँ पत्रिकाबाट