रोमानियाली राष्ट्रपतिद्वारा ग्रिन्डेनुलाई प्रधानमन्त्रीमा नियुक्त
पुस–१६। रोमानियाका राष्ट्रपति क्लाउस इओहानिसले एक क्षेत्रीय नेतालाई प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका छन् ।
यससँगै रोमानियाले ४३ वर्षीय सोरिन ग्रिन्डेनुलाई रोमानियाको प्रधानमन्त्रीेमा नियुक्त गरे । यद्यपि ग्रिन्डेनुलाई प्रधानमन्त्रीको रुपमा संसदबाट अनुमोदन भने गर्नुपर्ने कानूनी प्रावधान रहेकाे छ । ग्रिन्डेनु रोमानियाको सोसल डेमोक्रेटिक पार्टीको तर्फबाट संसदमा प्रतिनिधित्व गर्छन् ।
रोमानियामा डिसेम्बर ११ मा भएको निर्वाचनमा जनादेश प्राप्त वामपन्थी मुस्लिम महिला नेत्री सेभिल साइदेहले प्रधानमन्त्रीका रुपमा आफ्नो नाम सिफारिस गरे पनि राष्ट्रपतिले उनको नाम भने अस्वीकृत गरेका थिए ।
रोमानिया
सोरिन ग्रिन्डेनु