News

युवा संघको छद्यम बानीः आफ्नै नेतृको सारीमा रातो छर्कने देखि अज्ञातका नाममा आगजनी

युवा संघको छद्यम बानीः आफ्नै नेतृको सारीमा रातो छर्कने देखि अज्ञातका नाममा आगजनी

२०५० को उपनिर्वाचनमा एमालेले काठमाडौंबाट बिद्या भण्डारी (हाल राष्ट्रपति) लाई उठायो । लोकप्रिय नेता मदन भण्डारी मारिएपछि भएको उपनिर्वाचनमा मदनपत्नी बिद्याको उम्मेदवारी परेको थियो । मदनसँग पराजित कृष्णप्रसाद भट्टराई काँग्रेसका तर्फबाट उम्मेदवार थिए । काँग्रेसको सभापति र पूर्वप्रधानमन्त्रीको हैसियतमा रहेका भट्टराईसँग तत्कालिन सन्दर्भमा बिद्याको प्रतिष्प्रर्धा राजनीतिकरुपमा कमजोर थियो । एमालेको युवा संगठन युवा संघले अनेक उपाय निकाल्यो । आफैँले बिद्याको सेतो सारीमा रातो रंग छर्केर काँग्रेसलाई आरोपित गर्‍यो । बिद्या बोल्दै गर्दा आफैँले तोडफोड गरेर काँग्रेसमाथि कायरताको दोष थोपर्‍यो । एकल महिलामाथि काँग्रेसको ज्यादती मतदातालाई स्विकार्य थिएन । मत बिद्याको पोल्टामा पर्‍यो । छद्यमरुपमा काम गर्ने र त्यसको राजनीतिक लाभ लिन युवा संघलाई जन्मजात सिकाइएको देखिन्छ । युवा संघका पूर्वअध्यक्ष महेश बस्नेतले आफ्नो आत्मवृत्तान्तमा रामहरी श्रेष्ठ प्रकरणमा आफुले रामहरीपत्नी रोमिलाको दाजु बनेर रेडियोहरुलाई अन्तरवार्ता दिएको उल्लेख गरेका छन् । नातै नपर्ने ज्ञानकुमारलाई रोमिलाको दाजु बनाएर आन्दोलनको संयोजक बनाएको प्रसंग उनले सगर्व उल्लेख गरेका छन् । छद्यम भेषको उच्चतम अभ्यास युवा संघले पछिल्लो समय गरिरहेको छ । तर, बिद्या भण्डारीलाई चुनाव जिताउन वा रामहरी प्रकरणमा सडक तताउन गरिएको छद्यम भेष जस्तो अहिले विषय व्यवस्थित हुन सकेको छैन । युवा संघले छापामार शैलीमा विपक्षीलाई खुइलयाउन खेलेको भुमिका एकपछि अर्को गरी उदांगो हुन थालेको छ । पार्टी अध्यक्ष केपी ओलीको लोकप्रियता बढाउन र उनलाई सरकारमा टिकाइरहन सडकमा स्वतस्र्फुतको जुलुश निस्क्यो । ठूला संचारमाध्यमले समेत ओलीको थमौतिका लागि स्वतस्फुर्त जुलुश भनेर समाचार छापे । तर, वास्तविकता धेरै छिप्न सकेन । युवा संघको योजना र अगुवाइमा जुलुश निस्किएको प्रमाण बाहिरियो । युवा संघका नेतादेखि संवैधानिक मर्यादाभित्र बस्नुपर्ने राष्ट्रपतिकी सहयोगीसम्मको नेतृत्वमा स्वतस्फुर्तको नाटक गरिएको पर्दाफास भयो । [caption id="attachment_48289" align="alignnone" width="955"] तोड्फोड गर्ने समुह युवा संघको कार्यालयमा[/caption]
शुक्रबार काठमाडौंलाई आतंकित पार्ने गरी सरकारी गाडी आगजनी गरियो । युवा संघको कार्यालय अगाडी रहेको इन्द्रेणी फुडल्याण्डसँगै रहेको सडकमा पार्किङ गरिएका दर्जनभन्दा बढी गाडी एकाएक तोडफोड गरियो । सो घटनाको चौतर्फी निन्दा भएपछि एमालेजनले त्यसलाई अज्ञात समुहको गतिविधिका रुपमा ढाक्न खोजे । सूचना र प्रविधिको दुनियाँमा तोडफोड र आगजनी हुँदाको तस्बिर र दृश्य बाहिरियो । दृश्य हेर्दा युवा संघका नेता देखि सरकारी जागिरेहरु सरकारी साधनमा जाइलाग्दै गरेको भेटिए । फेरीपनि राष्ट्रपतिको भुमिकामाथि प्रश्न चिन्ह उठ्ने गरी उनका सहयोगी सडकमा निस्किएको देखियो । युवा संघको सो गतिविधि पार्टीभित्रै आलोचित भएको छ । सांसद एंव युवा नेता रबिन्द्र अधिकारीले हिंसात्मक गतिविधिमा संलग्नलाई प्रशासनिक कारवाही गर्न सरकारसँग माग गरेका छन् । युवा संघकी उपाध्यक्ष दिलु पन्त, सचिव नरेश शाहीले सार्वजनिकरुपमै सो घटनालाई अराजकताको संज्ञा दिएका छन् । ओली पक्षधर भनेर चिनिने युवा संघ नेतृ भगवती विष्टले घटनाको निन्दा गरेकी छिन् । यसअघि एमाले बरिष्ठ नेता माधबकुमार नेपालले उदण्डहरुको जमात खडा गरी नेताहरुको बदनाम गर्न खोजिएको आरोप लगाएका थिए । युवा संघमा आवद्धहरुको एउटा समुहले आफु पक्षधर नेताहरुको खोइरो खन्ने अभियान नै चलाएको उनको भनाइ थियो । छद्यम भेषमा आफुमाथि सामाजिक संजालमा आक्रमण भइरहेको पार्टीभित्रकै बरिष्ठ नेताको सार्वजनिक अभिव्यक्ति गम्भीर सवाल थियो । तर, सो विषय त्यत्तिकै सामसुम भयो । छद्यम भेषमा अपराध गर्ने र त्यसलाई राजनीतिकरुपमा संरक्षण गर्ने प्रवृत्ति युवा संघमा मौलाएको भनि युवा संघभित्र वहश हुँदै आएको छ । आगजनीपछि एमालेप्रति आलोचनात्मक दृष्टिकोण बढेको छ । यस्तै गतिविधि बढ्दै जाँदा अन्ततः एमालेलाई भारी पर्ने देखिन्छ । यस बारेमा नेतृत्वले बेलैमा सोच्नुपर्ने युवा संघ सचिव नरेश शाहीको भनाइ छ ।

र योपनी,


 यी हुन् सरकारी गाडी आगजनी गर्नेहरु, राष्ट्रपतिकी सहयोगी, सरकारी कर्मचारीदेखि नेताका भतिजासम्मले यसरी मच्चाए ताण्डव

► युवा संघका संयोजक राजिव पहारीको नेतृत्वमा ‘स्वतन्त्र’ जुलुश, यसरी बनाइयो दुनियाँलाई बेकुफ

► बिद्याको सेतो सारीमा रातो रंग छर्कन लगाएँ, काँग्रेसले छर्केको भनेर प्रचार गराएँ

   

विशेष