विदेश

इराकमा भएको बम बिस्फोटमा कम्तीमा २८ जनाको मृत्यु

इराकमा भएको बम बिस्फोटमा कम्तीमा २८ जनाको मृत्यु
पुस - १६ । इराकको बग्दादमा भएको आत्मघाती बम हमलामा परी मर्नेको संख्या २८ पुगेको छ । शनिबार विहानै अती व्यस्त बजारमा भएको आत्मघाती हमलाका कारण घटनास्थलमै १९ जनाको मृत्यु भएको थियो भने ४५ जना घाइते भएका थिए । घटनाका बारेमा अहिले सम्म कुनै समुहले जिम्मेबारी नलिएपनि इश्लामिक स्टेट (आईएस)ले यसअघि पनि व्यस्त बजारहरुमा आम नागरिकलाई लक्षित गरी यस्तै आत्मघाती हमला गर्दै आएको थियो । आतङ्कारी गतिविधि, हिंसा र सुरक्षा कारवाहीमा परी इराकमा नोभेम्बरमा मात्रै दुई हजार ८८५ जनाको मृत्यु भएको र एक हजार ३८० जना घाइते भएको युनाईटेड नेशन एसिस्टेन्स मिसन फर ईराकले जनाएको छ ।

Iraq Attack suicide bomb

विशेष