News

संविधान संशोधन प्रस्ताव गम्भीर त्रुटि – सभापति अधिकारी

संविधान संशोधन प्रस्ताव गम्भीर त्रुटि – सभापति अधिकारी
पुस - १६ । व्यवस्थापिका–संसद् विकास समितिका सभापति रवीन्द्र अधिकारीले संविधान कार्यान्वयनको साटो संशोधनको बाटोमा लागेर सरकारले गम्भीर त्रुटि गरेको बताएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन लामो दूरी तथा मिनीबस एकाइको १२औँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले मुलुकलाई विखण्डन गर्ने संविधान संशोधन नेकपा (एमाले)लाई स्वीकार्य नहुने बताए। यातायात क्षेत्रको समग्र व्यवस्थापनसहित सडक सुरक्षा महत्वपूर्ण भएको भन्दै उनले सोका लागि यातायात मजदुर र राज्य बढी उत्तरदायी हुनुपर्नेमा जोड दिए । ‘जुझारु, अनुशासित र प्रशिक्षित मजदुर आजको आवश्यकता, दुर्घटना न्यूनीकरण हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ आयोजित सो अधिवेशनले श्याम बजगाईंको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । सङ्गठनका अध्यक्ष डिलबहादुर तुलाचनको अध्यक्षतामा सम्पन्न अधिवेशनमा पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसी, गण्डकी इन्चार्ज विष्णुबहादुर पराजुलीलगायतका वक्ताले यातायात क्षेत्रका समस्या र चुनौतीका बारेमा प्रकाश पारेका थिए ।

Rabindra Adhikari

विशेष