अपराध सुरक्षा News

प्रहरीको कुटाइबाट मृत्यु

प्रहरीको कुटाइबाट मृत्यु
काठमाडौ १ जेष्ट, नेपाल आज संबाददाता POLICE काठमाडौ बौद्ध स्थीत महानगरीय प्रहरी बृतमा एकजना युवा प्रहरीको कुटाइ बाट मारीएका छन । महानगरिय प्रहरी बृत बौद्धको हिरासतमा रहेका टिक बहादुर राइको प्रहरी हिरासत भित्रै कुटपिट र यातना पछि मृत्यु भएको परिवारले जनाएका छन । को हुन् टिक बहादुर राइ ? तिन भाइ मध्ये माइला छोरा ४० वर्षिय उनि खोटाङ दिक्तेल दुक्षीया गाबीस वडा नं ९ घर भइ हाल बौद्ध स्थीत चुच्चेपाटी बाहालमा साथी अनिल श्रेष्ठ संगै बस्दै आएका टिक बहादुर राइ, ज्याला मजदुरीमा काम गर्थे साँझ र बिहान खानाको लागि मजदुरी पेशा अंगालेका उनि सानातिना रकममा पनि काम गर्थे । ५० रूपैयाँले लग्यो ज्यान होटलका साहुले मेरो ग्याँस ल्याइदे ५० रूपैया दिउला भनेपछी, उनले सोचे आफनो पेशा पनि त्यही, के खोज्छस काना आँखा । साहुको बचन भुइमा झर्न नपाउदै उनि खाली सिलिण्डर लिएर लागे ग्याँस पसल तिर तर ग्याँस पसल सोचे जस्तो थिएन । लाइनमा बस्नु पथ्र्यो उनि सिलिन्डर सहित लाइनमा बसे । ग्याँसको महंगाइअनुसार साहुले पठाएको रकम पुगेन उनलाइ समास्या पर्याे रकम लिन जान सक्ने स्थीती पनि रहेन । रकम लिन गए पालो जाने ग्याँस पनि नपाउने उनि समास्यामा परे । थोरै बादबिवाद पर्याे । झगडा पनि भयो । नजिकै रहेको प्रहरिले उनलाइ दुइ तीन घण्टाको लागी भनेर लग्यो । वरपरका प्रत्यक्ष दर्शीहरूले नलैजान आग्रह गर्दा गर्दै प्रहरीले पिटदै लग्यो । बैशाख २७ गते उनको कालो दिन बन्यो । हिरासत भित्रको यातनाले उनलाइ कहिल्यै नफर्किने बनायो । के भन्छन आफन्त बैशाख २८ गते प्रहरिले छोडने भएपछि नजिकको आफन्त कोही भएनन । आफन्त नभएपछि प्रहरीले बोलायो उनको साथी राहुल मगरलाई । राहुल मगर करीब ११ बजे प्रहरि हिरासत पुग्दा साथीको स्थीती नाजुक थियो । उनिलाई बाँच्छ भन्ने लागेन । उनि भन्छन बिस्तारै डोर्याउदै हस्पिटल ल्याँए र उनको दाजुलाइ खबर गरे । तर स्थिती एकदम नाजुक थियो शरीर भरी निल डाम आंखा टाउकोमा चोट थियो उ हिडन सक्दैनथ्यो । उनका जेठा दाजु बल बहादुर राइ भन्छन सानो गल्तीका कारण त्यसरी लगेर कुटपिट गर्नु पर्ने कुनै कारणनै थिएन । बरू गल्ती भए जेल चलान गर्नु पथ्र्यो । त्यसरी पिटन मिल्छ र ? प्रहरीले बिनकारण प्रक्राउ गरी हिरासत भित्रै भएको कुटपिटबाट निधन हुने स्थीती भए पछि ढुकढुकी हुने बेला बुझाएको हो । त्यो पनि साथीलाइ । शरीर भरी निल डाम छन डाक्टरले टाउकोमा रगत जमेको छ भन्छ शरीरका घाउ हरू हेर्ने हो भने पनि सजिलै पुष्टी हुन्छ । प्रहरीले कुटपिट गर्याे की गरेन भन्ने । प्रहरीले छारे रोग रहेछ भन्छ खै अहिले सम्म केहि रोग थिएन प्रहरीसंग एकरात जाने बितिकै कहाबाट आयो नया रोग त्यो सब वाहियात हो । प्रहरीले पिटेरै भाइको ज्यान लिएको हो उनका जेठा दाइ बल बहादुर भन्छन । “हामीले मानब अधिकार कहँ पनि उजुरी गरेका छौ । सबै तर्फ गुहार गरेका छौ न्याय पाउने आशमा छौ ।” बल बहजदुर राई ले आशा राखे । यस्तो छ प्रहरिको भनाइ महानगरीय प्रहरी प्रभागका डिएसपी बिपीन रेग्मीले भने प्रहरीले हिरासतमा नपिटेको र पिटन नमिल्लने समेत बताए । उनले भने कुटपिट गरीएको छैन । मृतकलाइ छारे रोग लागेको रहेछ भन्ने खुलेको छ । प्रहरिले सबकुसल साथिलाई जिम्मा लगाएको मानिसको अर्को दिन कुनै कारणले गर्दा मृत्यू हुन्छ भने त्यसमा कसरी यातनाको कुरा आउंछ ? उनले टिक बहादुर राईको अन्य कारण बाटै मृत्यू हुनसक्ने दावी समेत गरेका छन । अहिले सम्म उजुरी जाहेरी दिन कोही पनि मृतकका आफन्त नआएकाले लासपनि पोष्ट माटृमका लागी टिचिङ्ग हस्पीटलमै राखीएको उनले बताए । उनले भने “लास जाचं प्रकृती मुचुल्का बनाई सकीएको छ आफन्तहरु संपर्कमा नआएका कारण पोष्टमाटम रीर्पोट आएको छैन । यदी आफन्तहरु आउनुहुन्छ भने सहयोगको लागी आफु तयार भएको उनले बताए ।”

विशेष