
मधेशी मोर्चासहितको २९ दलीय संघीय गठबन्धनले आइतबार सिंहदरबार घेराउ गरिरहेका छन। गठबन्धनका नेता तथा कार्यकर्ताहरुले सिंहदरबार परिसरका विभिन्न नाकाहरूमा भेला भएका छन्। पुतली सडक, हनुमानस्थान, माइतीघर मण्डला र भद्र कालीबाट चारै तर्फबाट सिंहदरबार घेराउ गर्दै।
नेताहरु कता ?
कार्यकर्ता हरु नारा जुलुस गरिरहेका छन्। राजेन्द्र महतो , महेन्द्र यादव, सरधसिंह भण्डारी लगायतका नेताहरु सडकको नेत्रितो गरिरहेका छन्। समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावनाका राजेन्द्र महतोलगायतका केही नेताले माइतीघरमा । तमलोपा, फोरम लोकतान्त्रिक नेपाल सद्भावना लगायतका साना मधेसी दल हनुमानस्थानमा बस्नेछन् । जनजाति पार्टीका नेताहरु यी दुवै क्षेत्रमा बाँडिएर बस्नेछन् ।
ट्राफिक बेवास्ता
ट्राफिक बेवास्तामा आबरोध भैरहेको छ । सबारी चालकहरु बैकल्पिक बाटाहरु प्रयोग गर्दा सजिलो होला।