उर्छीङखल बन्दै अान्दाेलन सरकारी गाडीमाथी समेत ताेडफाेड
काठमाडाैँ ,२ ,जेठ
सिंहदरबार घेराउ कार्यक्रममा मोर्चाका कार्यकर्ताले माइतीघर नजिकै एक सरकारी गाडीको सिसासमेत तोडफोड गरेका छन् । बा १ झ ३६१० नम्बरको सरकारी जीप तोडफोड भएको हो ।
बानेश्वरबाट आएको गाडी थापाथली मोडिने क्रममा आन्दोलनकारीले तोडफोड गरेका हुन् । मोर्चाको घेराउ कार्यक्रमले माइतीघर मण्डला क्षेत्रको सवारी आवगमन केहीबेर प्रभावित भएको थियाे ।
तर यस बिषयमा भने संघिय माेर्चाका नेताहरूले अान्दाेलन शान्तीपुर्ण भएकाे भन्दै अान्दाेलनकारीले त्यसाे नगरेकाे दावी गरे ।बरू हाम्राे शान्तीपुर्ण अान्दाेलनमा सरकारले उल्टै धरपकड गर्न खाेजेकाे अाराेप लगाए ।
अान्दाेलनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा केहीबेर मोर्चा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी समेत परेको थियाे । उक्त क्षेत्रमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको थियाे ।