समलैंगिक अधिकारकर्मीको हत्याको आरोपमा एक पक्राउ
बंगलादेश प्रहरीले एक इस्लामिक चरमपंथीलाई पक्राउ गरेको छ । उनलाई समलैंगिक अधिकारको लागि काम गर्ने दुई कार्यकर्ताको हत्या गरेको आरोप लगाइएको छ ।
प्रहरीले शनिवार ३७ वर्षीया शरिफुल इस्लाम शिहाबलाई गिरफ्तार गरेको हो । उनी स्थानिय इस्लामिक चरमपंथी संगठनका सदस्य हुन । उनको यस संगठनलाई धर्मनिरपेक्ष र नास्तिक ब्लगर्सको क्रुरतापूर्ण हत्या गरेको आरोप रहेको छ ।
ढाकामा पुलिस प्रवक्ता मारुफ होसैन सोरदारले यस गिरफतारीलाई पुष्टि गरेका छन् । उनले भने – ‘गिरफ्तार व्यक्ति अंसारुल्ला बांग्ला टिमका सदस्य हुन । दुवै कार्यकर्ताको हत्या एबीटी नेतृत्वको इसारमा भएको हो ।’
एक अधिकारले जनाए अनुसार यस हत्यालाई हालका दिनमा वुद्धिजिवि, लेखक, र धार्मिक अल्पसंख्यका हत्यालाई जोडेर हेरिएको छ ।
बंगलादेशमा समलैंगिक र लेस्बियनको विषयमा प्रकाशित हुने मेग्जिनका सम्पादक जुलहाज मन्नान र कार्यकता महबुब तोनांएको पछिल्लो महिना उनीहरुकै अपार्टमेन्टमा छ बन्दुकधारीहरुले हत्या गरिदिएका थिए ।
पछिल्ल साल यस संगठनका केही सदस्यहरुले २०१३ मा गरेको नास्तिक ब्लगर अहमद राजिव हैदरको हत्या गरेको आरोप पुष्टि भएको थियो ।
वासिंगटनले भने २५ सालको तोनोए र ३५ सालका मुन्नानको हत्याको आलोचना गरेका छन् । दुवै जना अमेरिकी सरकारको संगठन यूएसएआईडीसँग आवद्ध छन् । बंगलादेशमा लगारतर यस्ता हमलालाई रोक्ने र दोषीलाई सजाय दिने दवाव वढिरहेको छ ।
bangladesh
gay rights
terrorism