लण्डन पूर्व मेयरले ईयुको उद्देश्यलाई हिटलरसँग तुलना गर्दै
ब्रिटेन ईयुमा जाने कि नजाने जनमत संग्रह हुँनै लाग्दा लण्डनका पूर्व मयर युरोपिन संघको उद्देश्यको तुलना हिटलरको लक्ष्यसँग दाँजेका छन् । कन्जरभेटिव पार्टीका सांसद वारिस जानसनले ईयुको उद्देश्यलाई यसरी दाजेका हुन ।
उनका अनुसार अनुसार ‘हिटलर जस्तै युरोपियन संघले पनि सबै युरोपलाई एउटै नेतृत्वमा राख्न खोजेको छ ।’ जानसनले अगाडि भने ‘नाजी नेता र नेपोलियन दुवैको युरोपलाई एउटै बनाउने सपना सकार हुन सकेन र अव युरोपीन संघ अलग तरिकाले यस उद्देश्यलाई पुरा गर्न खोजिरहेको छ ।’
ब्रिटेनमा मे २३ मा जनमत संग्रह हुँदै छ । अव मतदाताले फैसला गर्ने छन् ब्रिटेन युरोपिन संघमा जाने कि त्यसबाट बाहिर बस्ने ।
जानसनको आलोचना गर्दै लेबर सांसद ईवेट कुपरले पूर्व लण्डन मेयर जानसनलाई खराव खेल खेलेको आरोप लगाए । फिंडलेण्डक मन्त्री एलेक्सान्डर स्टब्बले जानसनको तुलनालाई अचम्म पार्ने र अपमानजनक भएको बताए ।
आइतबार फोनमा कुरा गर्दै जानसनले भने युरोपियन इतिहासमा बारबार यस्तो देखिएको छ । जानसनले भने ‘नेपालियन, हिटलर, अरु धेरैले यस्तो कोशिष गरिसकेका छन् तर हरेका पटक उनीहरुको दुखद अन्त्य भयो । इयुले यसै कोशिस अलग अलग तरिकाले गरिहेको छ ।’
उनले तर्क थियो मौलिक समस्या प्रति युरोपको सोचमा कोही पनि इमान्दार छैनन् । यस्तो कुनै बल छैन जसले सबै कुरा बुझ्न सकियोस र इज्जत मिलोस ।
ब्रिटेन इयुमा रहने पक्षमा अभियान चलाउनेले पनि जानसनको बयान खतरानकर र अपमानजनक रहेको बताएका छन् ।