संघियगठबन्धनकाे अान्दाेलनकाे कुनै अाैचित्य छैन मन्त्री पाेख्रेल
पयर्टन मन्त्री आनन्द पोख्रेलले संघियगठबन्धनले गरेको आन्दोलनको कुनै औचित्य नभएको बताएका छन आज काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री पोख्रेलले हिमाल पहाड र मधेशलाइ छुटयाएर राज्यको पुर्नसंरचना गर्न नसकिने बताएका हुन । त्यो संभब छैन उहाँहरूले गरेको आन्दोलन समय बिताउने काम हाे ।
त्यस्तै जेठ ६ ,७ र ८ गते हुने अन्तराषटीय बौध्द सम्मेलनको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिदै मन्त्री पोख्रेलले भगवान गौतम बुध्द बौध्द धर्म र बौध्द दर्शनको उदगम थलोका रूपमा लुम्बीनी र नेपाललाइ संसार भर स्थापीत गर्न लागीपरेको बताए ।
उनका अनुसार सम्मेलनमा भारत चिन जापान कोरीया अमेरीका श्रीलंका लगाएतका देशहरूबाट बौधद धर्मका भिक्षुहरूको उपस्थीती रहनेछ ।
जेठ ८ गते लुम्बिनीमा आयोजना गरीने बुद्धजयन्ती समारोहलाइ भब्य रुपमा सफल पार्न सरकारले आवश्यक सम्पूर्ण तयारी अगाडी बढाएको र समारोहमा विदेशी पाहुना सहित ७ हजार बढी सहभागि गराईने उनले बताए।