News

पुष्पकमल दाहाल प्रचण्ड  विरुद्ध मानहानीको मुद्दा

पुष्पकमल दाहाल प्रचण्ड  विरुद्ध मानहानीको मुद्दा
काठमाडौँ, ३ जेठ  न्यायायिक प्रक्रियामा हस्तक्षेप गर्न खोेजेको आरोप लगाउँदै सर्वोच्च अदालतमा एकीकृत नेकपा माओवादी का अध्यक्ष  अदालतको मानहानीको निवेदन दर्ता भएको छ । parchanda अधिवक्ता दिनेश त्रिपाठीले आज अध्यक्ष दाहाललाई विपक्षी बनाई दायर गर्नुभएको निवेदनमा शुक्रबार राजधानीको एक कार्यक्रममा अध्यक्ष दाहालले अदालतले शान्ति सम्झौता विपरीत काम गरेकोजस्ता अभिव्यक्तिले अदालतको मानहानी हुने भएको उल्लेख छ । निवेदनमा लोकतन्त्रमा स्वतन्त्र न्यायलयमाथि प्रहार गरी अदालतको मानहानी गर्ने पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका दाहाललाई कानुनअनुसार कारबाही माग गरिएको छ । रासस

विशेष