News

अब आउने बजेटले पत्रकारहरुलाइ आश्चर्यचकित बनाँउछ मन्त्री- शेरधन राइ

अब आउने बजेटले पत्रकारहरुलाइ आश्चर्यचकित बनाँउछ मन्त्री- शेरधन राइ
काठमाडौं ,४ ,जेठ सूचना तथा संचारमन्त्री शेरधन राईले सरकारको आगामी बजेटले संचारकर्मीलाई विशेष खुशी दिने बताएका छन् । मन्त्री राइले सरकारले जेठ १५ मा प्रस्तुत गर्न लागेको बजेटमा संचार क्षेत्रलाई विशेष महत्व दिएको बताउँदै बजेट थाहा पाएपछि पत्रकारहरु आश्चर्यचकित हुने दाबी समेत गरे । ‘संचार क्षेत्रमा बजेटले गरिएको व्यवस्था थाहा पाएपछि तपाईहरुले वाहीवाही गर्नुहुनेछ भन्ने विश्वास मलाई चाहिं छ’ मन्त्री राईले भने । आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०को राष्ट्रिय भेलामा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री राईले संविधान निर्माणजस्तै कार्यान्वयनमा पनि संचारकर्मीहरुको महत्वपूर्ण भूमिका रहने विश्वास लिएको बताए । serdhan rai मन्त्री राइले राष्ट्रिय भेलाबाट संविधान कार्यान्वयन र राष्ट्रिय पुनर्निर्माणमा ठोस रुपमा सघाउ पुग्ने नीति बनाउन सुझाव दिए । हरेक संचार गृह समावेशी हुनुपर्नेमा जोड दिँदै यसनिम्ति सरकारले ठोस रुपमा आमसंचार नीतिमै व्यवस्था गरिने बताए । विभिन्न पत्रकार संगठनहरुले नीति निर्माण कार्यमा सहयोग गरिरहको भन्दै खुशी व्यक्त गरे ।‘आमसंचार नीतिको मस्यौदालाई अन्तिम रुप दिन संचार मन्त्रालय लागिरहेको छ, नीति बनेपछि अहिलेको जस्तो संचार अवस्था रहदैन’ उनले भने । भेलामा प्रेस काउन्सिलका अध्यक्ष बोर्नबहादुर कार्की, नेपाल पत्रकार महासंघका महासचिव उजिर मगर, क्रान्तिकारी पत्रकार संगठन, क्रान्तिकारी पत्रकार संघ, प्रेस चौतारी, प्रेस युनियनलगायत पेशागत संगठनका प्रतिनिधिहरुले भेला सफलताको शुभकामना दिए । विधान संशोधन तथा पेशागत एजेण्डा तयलगायत विभिन्न विषयमा निर्णय लिन फोनिजको एकदिने राष्ट्रिय भेला बोलाएको छ ।

विशेष