काठमाडौं ४ जेठ सैनिक श्रीमती संघले राजधानीको टुंडीखेलमा आयोजना गरेको अमरपंक्षी कार्यक्रमबाट उठेको रकम भूकम्प पिडित कहाँ नपुग्ने जनाईएको छ ।
सोनाक्षी सिन्हा र मलाइका अरोरालाई नचाएको कार्यक्रम भूकम्पपीडितको सहयोगका लागि भनेर प्रचार गरिएको थियो । तर सैनिक श्रीमती संघको विज्ञप्तिमा भने संकलित रकम भूकम्पपीडितलाई दिने उल्लेख गरिएको छैन।
सैनिक श्रीमती संघकाे जारी विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यक्रमबाट संकलित रकम नेपाली सेनाका बहालवाला, अवकाशप्राप्त सैनिक एवं आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारणको सामाजिक कल्याणकारी कार्यमा सहयोग पुर्याउने उद्देश्य रहेको छ।’
नेपाली सेनाका चिफ, जर्नेल र कर्नेलहरुका श्रीमतीहरुको संगठन सैनिकक श्रीमती संघले आयोजना गरेको अमरपंक्षी कार्यक्रम अहिले बहसको विषय बनिरहेको छ।
नेपालका महानायक राजेश हमालले समेत विदेशी कलाकारलाई स्वागत गर्न सेनाका जर्नेल गएको समाचार थाहा पाएपछि लज्जित भएको बताएका थिए ।टुंडिखेलमा भारतीय नायिकाहरु नचाएको भन्दै यति बेला नेपाली सेना विवादमा तानिएको छ।सेनाको चौतर्फी विरोध भएपछी आज श्रीमान सैनिक र श्रीमती सैनिक दुवैले विज्ञप्ति निकालेका हुन् ।
भूकम्प पिडितलाई सहयोग गर्ने भनेर आयोजना गरिएको सो कार्यक्रमबाट उठेको रकम नेपाली सेनाका बहालवाला,अवकाशप्राप्त सैनिक, ती सैनिकका आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारण कहाँ पुराईने विज्ञप्तिमा जनाईएको छ
विज्ञप्तिमा यस्ता गतिविधिले महिला सशक्तिकरणलाई समेत अभिबृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएको र महिलाहरु आवद्ध संस्थाको रुपमा सैनिक श्रीमती संघद्वारा संचालित यस्ता गतिविधीले महिला सशक्तिकरणमा समेत थप टेवा पुग्ने विश्वास गरिएको छ ।
विज्ञप्ति हेर्नुस