News

नअातिनुस नेपालले पनि पानी जहाज किनेर देखाइदिन्छ प्रधानमन्त्री अाेली

नअातिनुस नेपालले पनि पानी जहाज किनेर देखाइदिन्छ प्रधानमन्त्री अाेली

काठमाडौं, ४ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले अबको केहि समयमा नेपालले पानी जहाज किनेर विभिन्न सागरहरुमा चलाउने बताएका छन् । उनले भने नअातिनुस नेपालले पनि पानी जहाज किनेर देखाइदिन्छ । अखिल नेपाल महिला संघको प्रथम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल अब तिब्र विकासको बाटोमा अघि बढ्ने बताएका हुन् ।

 आफ्नो सरकारले तिब्र गतिमा देश विकास गर्ने कार्यक्रम अघि सारेको ओलीले बताए । त्यहि अनुसार नयाँ बजेट ल्याउन लागेको पनि उनले स्पष्ट पारे । उनले छिमेकी देशहरुसंगको पारवहन सम्झौता पनि कार्यान्वयन भइसकेको संकेत दिए । काठमाडौंका हिँडेको रेल नजिकै आइसक्यो, अब हामीले हाम्रो बाटो बनाएर यहाँ सम्म ल्याउनुपर्छ, ओलीले थपे । उनले आफुले प्रस्तुत गरेको निति कार्यक्रमले देशका विपन्न जनतालाई सम्बोधन गरेको दाबी गरेका छन् । साथै बजेटले साझा विकासलाई अगाडी सार्ने उनले बताए ।

उनले भने, गाउँगाउँमा रोजगारी दिने हाम्रो लक्ष्य छ । अब गाउँ गाउँ समृद्ध बन्नेछ र ठाउँठाउँमा हाइड्रोपावरमा जनताको सेयर राखेर उनीहरुको आथिर्गक स्थिति राम्रो बनाउने हाम्रो योजना हो । देशको आर्थिक वृद्धिदर ज्यादै न्युन भएको भन्दै त्यसलाई बढाउन आफु लागीपरेको उनले बताए । अहिले एक प्रतिशत पनि नभएको आर्थिक वृद्धिदर आगामी वर्ष ६ प्रतिशत पुर्याउने लक्ष्य लिएको उनको भनाई थियो । उनले एमालेका कार्यकर्तालाई कुनै गुटमा नलाग्न आग्रह गरे । देश बनाउने विषयमा, राम्रो काममा सबै एकजुट हुनुपर्ने उनको भनाइ थियो ।  

विशेष