News

युवा संघले संघिय गठबन्धनकाे आन्दोलनलार्इ लखेट्ने

युवा संघले संघिय गठबन्धनकाे आन्दोलनलार्इ लखेट्ने
काठमाडौं ४,जेठ सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेको युवा संगठन युवा संघ नेपालले राजधानी केन्द्रित आन्दोलन थालेको मधेसी–जनजाति गठबन्धनको आन्दोलनको प्रतिकार गर्ने तयारी गरेको छ । rajibpahari मधेसी–जनजातिहरुको २९ दलीय गठबन्धनले जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन थालेको छ । आइतबार र सोमवार सिंहदरबार घेराउ गरेको गठबन्धनले मंगलबार बालुवाटार घेराउ गरेको छ । संविधान पुनर्लेखनको माग गर्दै राजधानी केन्द्रित आन्दोलन थालेको गठबन्धनले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने भएपछि एमाले युवा संघले लखेट्ने तयारी गरेको हो । विदेशीको इशारामा आन्दोलन भइरहेको आरोप लगाएर  युवासंघले लखेटने तयारी गरीरहेकाे बताइएकाे छ। युवा संघले मंगलबार विज्ञप्ति जारी गरी मधेसी–जनजाति आन्दोलनकारीहरुलाई लखेट्ने तयारी गरेको संकेत दिएको छ । मंगलबार युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले एक विज्ञप्ति जारी गरी विदेशीको इशारा र संलग्नतामा जनतालाई दुःख दिनेगरी आन्दोलन गरेको भन्दै संघले यस्ता गतिविधि बढ्दै गए युवा संघ चुप लागेर बस्न नसक्ने चेतावनी दिएका छन् ।  

विशेष