News

बाबुराम भट्टराईको व्यंग्य प्रधानमन्त्रीको पानीजहाज माथि

बाबुराम भट्टराईको व्यंग्य प्रधानमन्त्रीको पानीजहाज माथि
काठमाडौं ४ जेठ नयाँ नयाँ योजना सुनाउन चर्चित मानिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार नयाँ योजना सुनाए । अखिल नेपाल महिला सङ्घको राष्ट्रिय परिषद्को प्रथम बैठक यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सामान ढुवानी गर्न नयाँ नाका खोलिने बताउँदै केही समयपछि सरकारले बन्दरगाह आफैँ लिने र सञ्चालन गर्ने पनि जानकारी गराए । babu ‘‘हामी आफैँ पानीजहाज किन्छौँ र तीन दिनमा सामान नेपाल भित्र ल्याउँछौँ’’, उनले भने – ‘‘हिन्द र प्रशान्त महासागरमा नेपाली झन्डा गाडेका पानीजहाज गुड्ने छन् ।’’ प्रधानमन्त्रीको नयाँ ‘सपना’ बारे समाचार आएपछि पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले त्यसमाथि व्यंग्य गर्दै समाजिक सञ्जालमा ट्वीटरमा लेख्न भ्याइहाले । उनले पानी जहाजभन्दा पहिले राजधानी लगायतका सहरमा सार्वजनिक बस सेवा शुरुवात गर्न प्रमलाई सुझाव दिए । उनले लेखेका छन्, ‘प्रमले रेल र पानीजहाज दिनुभन्दा पहिले काठमाडौं लगायतका शहरमा सार्वजनिक बससेवा दिने कष्ट गर्ने कि र? फराकिलो पारिएका सडकमा ट्राफिकजाम उस्तै जो छ ।’ नयाँ शक्ति नेपालका संयोजक भट्टराई ट्वीटमा छिट्टै प्रतिक्रिया जनाउने नेतामा चिनिन्छन् । ट्वीटमा उनले आफूले फराकिलो पारेको सडकको चर्चा पनि गर्न भ्याएका छन । [embed]https://twitter.com/brb_laaldhwoj/status/732540376418910208[/embed]  

विशेष