छोरीकै साथीले सुनमाल चोरेपछि
काठमाडौं ,५ ,जेठ ,गत २३ वैशाखमा ललितपुरको कार्यविनायक बस्ने राजेन्द्रमान सिंहको घरबाट रहस्यमय रुपमा १९ तोला गहना चोरी भयो ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
घरमा कतै ताला फटाएको छैन, मान्छे घरमै भएको अवस्थामा चोर छिरेर चोर्ने अवस्था पनि थिएन । तर, कसरी चोरी भयो रु प्रहरी पनि चकित भयो । दराजको पछिल्लो भाग काटेर गहना चोरी भएको थियो ।घरमा आइरहने व्यक्तिले नै चोरी गरेको हुनसक्ने आशंका गर्दै प्रहरीले सिंहको घरमा गइरहने विभिन्न व्यक्तिमाथि अनुसन्धान सुरु गर्यो ।
सिंहकी छोरी नेहाकी साथी पूजा राई त्यस घरमा बारम्बार गइरन्थिन् । छोरीको मिल्ने साथी भएकाले पूजालाई सिंह परिवारले छोरीजस्तै मानेको थियो । तर, तिनै छोरी मानेर माया गरेकी पूजाले नै १० लाख ८० हजार रुपैयाँ बराबरको धनमाल चोरी गर्लिन् भनेर संका पनि गरेका थिएनन् ।