News

कुखुराको खोर बनाउन खटाउने डिएसपी छानबिनमा

कुखुराको खोर बनाउन खटाउने डिएसपी छानबिनमा

काठमाडौँ ५ जेठसशस्त्र प्रहरीको इलामस्थित श्रीअन्तु गुल्मबाट प्रहरीलाई घरेलु काममा खटाइएको विषयमा छानबिन सुरु भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ।

सशस्त्र प्रहरीको बराह बाहिनी पकलीले सो विषयबारे अध्ययन गर्न सोमबार छानबिन समिति गठन गरेको हो।गुल्मका डिएसपी लकेश तुम्बाहाम्फेले मामाका छोरा दीपराज आङदेम्बेको कुखुराको खोर बनाउन गुल्मका तीन प्रहरीलाई खटाएका थिए । त्यससम्बन्धी फोटोसहितको समाचारलाई लिएर सशस्त्र प्रहरी बराह बाहिनी पकलीले छानबिन सुरु गरेको हो।बाहिनीका एसपी भुवनेश्वर प्रसादको कमान्डमा छानबिन समिति गठन गरिएको छ । समितिले बुधबारदेखि इलाम पुगेर छानबिन गर्ने बराह बाहिनीका डिआइजी सुरज श्रेष्ठले बताए ।

विशेष