News

बालुवाटार घेराउपछि आज रत्नपार्कमा

बालुवाटार घेराउपछि आज रत्नपार्कमा
काठमाडौँ ,५ ,जेठ संघीय गठबन्धनले मंगलबार बालुवाटारस्थित प्रधानमन्त्रीनिवास घेराउ गरेको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ। बालुवाटार पुग्ने वेला केहीबेर प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । बिहान १० बजे गठबन्धनका नेता–कार्यकर्ता भाटभटेनीबाट जुलुससहित बालुवाटारतर्फ लागेका थिए । सुरुमै प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि केहीबेर झडप भएको थियो । झडपमा करिब २० कार्यकर्ता घाइते भएको गठबन्धनका नेता मनीष सुमनले बताए ।प्रदर्शनकारीले निषेधितक्षेत्र लेखिएको प्रहरीको काँडेतारको बारलाई फाल्नुका साथै प्रहरीमाथि लाठी प्रहार गरेका थिए ।प्रदर्शनकारीको प्रहारबाट असइ रवीन्द्र दुलालको समेतऔँला भाँच्चिएको छ । sangiyagathbandhan आज आमसभा, २९ दलका शीर्ष नेताले सम्बोधन गर्ने काठमाडौंकेन्द्रित आन्दोलनको चौथो दिन गठबन्धनले रत्नपार्कको शान्तिबाटिकामा दिउँसो आमसभा गर्दै छ । आमसभालाई गठबन्धनका २९ दलका नेताले सम्बोधन गर्नेछन् । समीक्षा बैठक बस्दै काठमाडौंकेन्द्रित आन्दोलनको समीक्षा गर्न २९ दलीय संघीय गठबन्धनको मूल समिति बैठक मंगलबार बिहान ८ बजे बस्दै छ । संघीय समाजवादी फोरमको कार्यालयमा बस्ने बैठकले आन्दोलनका थप कार्यक्रमबारे पनि छलफल गर्नेछ । गठबन्धनका नेताहरूले दिएको जानकारीअनुसार रत्नपार्ककेन्द्रित आन्दोलन, रिले अनशनलगायत कार्यक्रमबारे छलफल भइरहेको छ । तर, तत्काल कडा प्रकृतिको आन्दोलनको कार्यक्रम भने सार्वजनिक नगरिने नेताहरूको भनाइ छ ।

विशेष