सेनालार्इ छल्दै निकुञ्जमा सशस्त्रको धराप
काठमाडौँ ,५ ,जेठ शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जभित्र रहेको सशस्त्र प्रहरी बलको ब्यारेक अगाडि वन्यजन्तु सिकारका लागि २१ वटा धराप थापेको पाइएको छ।
पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा दरबारमा खटेको सशस्त्र प्रहरीले राखेको धराप सेनाले फेला पारेर निकुन्जलाई बुझाएको छ।अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
निकुन्जका रेन्जर लब गुरागाईँले शसस्त्र प्रहरीको भान्सा नजिकै ती धराप पाइएको पुष्टि गरे । उक्त ब्यारेकको नेतृत्व सशस्त्र प्रहरीका डिएसपी गरेका छन् । सेनाको पेट्रोलिङ टोलीले ती धराप फेला पारेको हो।