यस्ता छन नेपाललाई दुःख दिने भारतका गुरू याेजनाहरू
काठमाण्डौ ५ जेठ नेपाल मामिलामा एकपछि अर्को गर्दै असफलताका श्रृङखला हासिल गरेको भारले नेपालीलाई असजिलोमा पार्ने गरी फेरि कुनै कदम उठाउँदै छ रु मित्रवत व्यवहार गरेर भन्दा पनि रोटीबेटीको सम्बन्ध भएको छिमेकीलाई अप्ठ्यारो पारेर स्वार्थ सिद्ध गर्दैै आएको सन्दर्भमा फेरि पनि उ चुपचाप बस्न भनी विश्वास गर्न सकिँदैन । तत्काल भारतले नेपालमा नाकाबन्दी लगाउने वा अत्यावश्यक सामग्री रोक्ने सम्भावना देखिँदैन ।
उसले नेपाली मुद्राको विनियम दर कमजोर भएको बहानामा अवमूल्यन हुने गरी भारतको मूल्य बढाउन सक्ने बताइन्छ । हाल कामय रहेको भारुको १६० विनिमिय दरलाइ बढाएर २ सय वा त्यो भन्दा माथि बनाए नेपालमा महंगी ह्वात्तै बढ्छ । तत्काल नेपाल सरकारलाई अप्ठ्यारोमा पार्न भारतले यस्तो निर्णय गरे भारतलाई नै झन घाटा पर्ने एक अर्थविद बताउँछन् । यसबाट भारतले निर्यात घट्ने छ ।
अर्कातर्फ भारतले बर्षाको समयमा कुनै वहान बनाएर अत्यावश्यक सामग्रीको निर्यात घटनाउन सक्छ वा केही दिनका लागि रोकिदिन सक्छ । विकट भौगोलिक अवस्थाका कारण वर्षायाममा चीनबाट पनि सामान आयात गर्न सम्भव छैन । आजको जनआस्था साप्ताहिकमा खबर छ ।