News

अझै संघीय गठबन्धनले राजधानीमा १० दिन आन्दोलन गर्ने

अझै संघीय गठबन्धनले राजधानीमा १० दिन आन्दोलन गर्ने
काठमाडौँ ५ जेठ पछिल्लो समय राजधानी केन्द्रित आन्दोलन गर्दै आएको २९ दलीय सङ्घीय गठबन्धनले राजधानीमा थप १० दिन आन्दोलन गर्ने भएका छन् । गठबन्धनको बैठकले काठमाडौँ उपत्यकामा थप १० दिन आन्दोलन कार्यक्रम गर्ने निर्णय गरेको बैठकमा सहभागी तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ब्रिखेशचन्द्र लालले जानकारी दिए । [caption id="attachment_1374" align="alignnone" width="750"]सिंहदरवारको अगाडि सुरक्षाकर्मीको तारबार नाग्न खोज्दै गरेको प्रदशनकारी युवक । फोटो – गगन थापा÷नेपाल आज सिंहदरवारको अगाडि सुरक्षाकर्मीको तारबार नाग्न खोज्दै गरेको प्रदशनकारी युवक । फोटो – गगन थापा÷नेपाल आज[/caption] संविधानसभाबाट जारी संविधानमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत गठबन्धनले विरोधका कार्यक्रम बुधबार दिउँसो राजधानीको शान्तिबाटिकामा हुने विरोधसभामा सार्वजनिक गर्ने भएको छ । राजधानी केन्द्रित आन्दोलनअन्तर्गत गठबन्धनले यही जेठ ६ गते ललितपुरको लगनखेलमा, जेठ ७ गते नयाँबानेश्वरमा, ८ गते स्वयम्भूमा, ९ गते बौद्धमा, १० गते कीर्तिपुरमा, ११ गते भक्तपुुर न्यातपोलमा, १२ गते बालाजुमा, १३ गते कलङ्कीमा, १४ गते मध्यपुरठिमीमा र १५ गते वसन्तपुरमा विरोधसभा गर्ने जनाएको छ । त्यस्तै, गठबन्धनले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आयोजनामा १६ गते वीरगन्जमा र १७ गते पोखरामा तमुवान सङ्घर्ष समितिको आयोजनामा जनप्रदर्शन गर्ने कार्यक्रम पनि सार्वजनिक गरेको छ । राजधानी केन्द्रित आन्दोलनका क्रममा एक दिन सिंहदरबार र एक दिन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गरेको गठबन्धनले बुधबा शान्तिबाटिका कोणसभा गर्दै छ । संविधान जारी भएलगत्तै त्यसमा भएको प्रदेश सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै तराई मधेसमा आन्दोलन गर्दै आएको गठबन्धनले सत्ता पक्षलाई थप दबाब दिन यही जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलन सुरु गरेको हो । रासस

विशेष