ट्रम्पले उत्तर कोरियाली राष्ट्रपति किम जोङसँग भेटवार्ता गर्ने
अमेरिकाको राष्ट्रपति पदको उम्मेदवरको दौडमा रहेका डोनाल्ड ट्रम्पले उत्तर कोरियाका राष्ट्रपति किम जोङसँग कुरा गर्ने चाहना ब्यक्त गरेका छन् । उनी उत्तर कोरियासँग परमाणु कार्यक्रमको सिलसिलामा कुरा गर्न चाहेको अन्तराष्ट्रिय मिडिया विविसिले बताएको छ ।
ट्रम्पले एक समाचार एजेन्सीलाई अन्तरवार्ता दिदै उक्त कुरा ब्यक्त गरेका हुन् । उनले मिडियालाई बताय अनुसार “म किमसँग कुरा गर्न चाहन्छु ।” उनले भने “मलाई किमसँग कुरा गर्न कुनै समस्या छैन ।” ट्रम्पले यस विषयमा चीनलाई दवाव दिने देखिएको छ ।
जानकारहरुका अनुसार ट्रम्पले किमसँग भेटबार्ता गरे भने राजनीतिमा ठूलो उथलपुथल आउने देखिन्छ । र अमेरिकाले उत्तर कोरिया प्रतिको नीतिहरुलाई बदलेको मानिने छ ।
यता प्रसंसा गरिहेका ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यूक्रेनमा गरेको सैन्य कारवाहीको आलोचना गरेका छन । विरोधि पार्टी डेमोक्रेटिकले ट्रम्पको यस अभिव्यविक्तलाई बच्चाबच्चीको खेलको आरोप लगाएका छन् ।
पछिल्लो समाचार अनुसार ट्रम्प राष्ट्रपति हुनुपूर्व उनी ब्रिटिनको भ्रमण गर्ने छन् । राजनीतिज्ञहरुले बताए अनुसार उनको यो यात्रा रिपब्लिकन पार्टीको जुलाईमा हुने समेलन पछि हने छ । ट्रम्प यही सम्मेलनको समयमा नै राष्ट्रपति पदको उम्मेदर बन्ने धेरै ठूलो सम्भावना रहेको अन्तराष्ट्रिय मिडियामा उल्लेख गरिएको छ ।
केहीदिन अगाडि अमेरिकामा मुसलमान प्रवेशमा स्थायि रोक लगाउने ट्रम्पले बतायका थिए । उनको कुरालाई ब्रिटेन प्रधानमन्त्री डेविड क्यामरुनले ‘मुर्ख र गलत सोच’को संघ्या दिएका थिए । त्यस्तै लन्डनका नवनिर्वाचित मेयर सादिक खानले पनि ट्रम्पको यो भनाईलाई ‘अबुझ’ सोच भनेका थिए । एजेन्सी