News

१२ वर्षपछि निर्माण भयाे भेरीपुल उद्घाटन गर्न गृहमन्त्री जाँदै

१२ वर्षपछि निर्माण भयाे भेरीपुल उद्घाटन गर्न गृहमन्त्री जाँदै

जेठ ५ काठमाण्डौ गृहमन्त्री शक्तीवहादुर वस्नेतले जेठ १० गते राकम स्र्थीत भेरी पुल उद्घाटन गर्ने भएका छन् । जाजरकोट, डोल्पा ,सल्यान, रुकुम, सुर्खेत जिल्लाका स्थानियहरुको टाउको दुखाई वन्दै गएको भेरी पुल जाजरकोटले गृहमन्त्री पाए लगत्तै १२ वर्ष देखी अलपत्र पुल निर्माण कार्य तिव्रता पाएको थियो । 

गलत स्टामेटका कारण निर्माण कार्य ढिला भएको दोष लगाउदै निर्माण कम्पनीले पुल निर्माण व्यवस्था गदै आएको थियो । गृहमन्त्रीको निरन्तर दवावमा ठेकेदार कम्पनीले पुल निर्माण कार्य पुरा गरेपछि जेठ १० गते औपचारिक उद्घाटन हुन लागेको हो ।

पुल निर्माण संगै यहाँको ५ जिल्लाको विकास निर्माण कार्यमा गति वढ्ने देखिन्छ । जेठ १० गते नै जाजरकोट सदरमुकाम स्र्थीत ५० शैयायको जिल्ला अस्पतालको औपचारिक शिलान्यास हुने छ । त्यस्तै जिल्लाको पश्चिम क्षेत्रमा रहेको जनज्ञानकुन्ज क्याम्पस देसेराको उद्घाटन हुने छ ।

जाजरकोटी जनताको निरन्तरको खवरदारी र चुनियएर गएका जनप्रतिनिधीको महत्वपुर्ण भूमिका खेलेका कारण पुल निर्माणले गती पाई जेठ १० गते उद्घाटनको हुने अवस्थामा पुगेको ए माओवादी जाजरकोटका ईन्चार्ज गणेस प्रसाद सिंहले बताए  ।

विशेष