नेपालमै पहिलोपटक वीर अस्पतालले न्युरोनाभिगेसन सिस्टम
काठमाडौं ,५ ,जेठ पार्किन्सन्स, मानसिक रोगलगायत विभिन्न आठ प्रकारका रोगबाट ग्रसित बिरामीहरूको शल्यक्रियासहितको उपचार अब नेपालमै हुने भएको छ।
सूक्ष्म तरिकाबाट शल्यक्रिया गरेर मस्तिष्कका कोषहरूको गढबढी हटाउने र मिलाउनेबाट सेवा दिने भएको हो।यसका लागि नेपालका सयौं बिरामी भारतलगायतका मुलुकमा लाखौं रुपैयाँ खर्च गरेर पुग्थे। चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति डा.गणेश गुरुङका अनुसार केही महिनाभित्रै उक्त सेवा दिने तयारी गरीएकाे छ।
सेवाका लागि आवश्यक पर्ने न्युरोन्याबिगेसनु मेसिन खरिदका लागि न्याम्सले स्वास्थ्य मन्त्रालयसँग पाँच करोड रुपैयाँ मागेको छ। बजेटका लागि आफैं मन्त्रालय धाइरहेका डा.गुरुङले भने, यो मेसिन वीर अस्पतालले सञ्चालनमा ल्यायो भने धेरै गरिब बिरामीलाई राहत पुग्नेछ। न्युरोलोजी र न्युरोसर्जरीका क्षेत्रमा काम गर्दै आएका चिकित्सकको सल्लाहमा यो सेवा सुरु गर्न लागेका हौं।
उनका अनुसार वीरमा आउने पार्किन्सोनिजम, मानसिक समस्याबाट ग्रसित भएकाहरूको शल्यक्रिया गरेर उनीहरूलाई बचाउन सक्ने देखिएकाले उक्त सेवा आवश्यक परेको हो। चिकित्सकका अनुसार पार्किन्सन्स यस्तो रोग हो जो उमेर बढ्दै जाँदा मस्तिष्कको कार्यक्षमतामा गडबढी भई मांसपेशीको गतिमा अवरोधको स्थिति पैदा हुन्छ।
महिलाको दाँजोमा पुरुषलाई धेरै देखापर्ने यो रोग उत्पन्न भएपछि हातखुट्टा काँप्ने, हिँड्डुल गर्न नसक्ने, स्मरणशक्ति हराउँदै जाने जस्ता समस्या देखापर्दा बिरामीको जीवन असहज हुन्छ।न्युरो नाभिगेसन सिस्टमबाट मस्तिष्कको शल्यक्रिया गर्दा उनीहरूको जीवन सहज बनाउन सकिने चिकित्सकहरूको भनाइ छ।
निरन्तर रूपमा मनलाई विचलित गर्ने विचार, चिन्ता, डर, भय हुने, असामान्य व्यवहार गर्न मन लाग्ने, निद्रा नलाग्ने, भ्रम पैदा हुने, बढी खुसी हुन मन लाग्नेलगायत लक्षण पटकपटक एवं दीर्घकालीन रूपमा देखिनु मानसिक रोग हो।जसको चिकित्सकीय उपचारका लागि पनि न्युरो नाभिगेसन सिस्टमबाट मस्तिष्कको शल्यक्रिया गर्ने चलन अन्तर्राष्ट्रिय स्तरमा छ।
अस्पतालका न्युरोलोजी विभागका प्रमुख डा.प्रकाश बिष्टका अनुसार न्युरो नाभिगेसन सिस्टमबाट दिइने सेवाले धेरै बिरामीलाई आर्थिक रूपमा राहत दिनेछ। यो सेवाले धेरै बिरामी र उनको परिवारमा खुसी थपिदिनेछु, उनले भने, जसबारे सबै नागरिकले जानकारी पाउन भने जरुरी छ।