मनोरञ्जन News समाज

सैनिक श्रीमतीसंघले भूकम्पपीडितका लागि संकलन गरेको रकम : मामाको धन फुपुको श्राद्ध ! नेपाली कलाकार रुष्ट

सैनिक श्रीमतीसंघले भूकम्पपीडितका लागि संकलन गरेको रकम : मामाको धन फुपुको श्राद्ध ! नेपाली कलाकार रुष्ट

  e

अमरपंक्षी नाम दिइएको कार्यक्रम आयोजना गरेसंगै सैनिक श्रीमती संघ नराम्रोसंग विवादमा तानिएको छ । भारतीय कलाकार सोनाक्षी सिन्हा र मलाइका अरोराको सवारीमा जर्नेललाई खटाइएपछि शुरु भएको विवाद झन्झन् फराकिलो बन्दै गएको छ । नेपाली सेनाका उपसंरक्षकको हैसियतमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशले कांधको फुलीभन्दा नाकको फुली बलियो भएको भन्दै सामाजिक संजालमा स्टाटससमेत लेखेका थिए ।

विदेशी कलाकारको स्वागत र सवारीमा जर्नेलको फुली दुरुपयोग भएकोमा नायक राजेश हमालले दुःख व्यक्त गरिसकेका छन् । आइतबार उनले फेसबुकमा देशको चर्चित कलाकार हुनुमा आफुलाई हिनताबोध भएको भनि कडा टिप्पणी लेखिदिए । सैनिकमंच टुंडिखेलमा आयोजित कार्यक्रम भव्य थियो । भनिएको थियो संकलित रकम भूकम्पपीडितको सहयोगका लागि खर्चिइने छ । तर श्रीमती संघले आइतबार कार्यक्रमका बारेमा प्रष्टिकरण दिदैं निकालेको विज्ञप्तिमा भूकम्पपीडित भन्ने शब्दसमेत उल्लेख भएन ।

12795317_970687829664194_8883572144799478503_n

संकलित रकम नेपाली सेनाका बहालवाला, अबकासप्राप्त सैनिक एंव आश्रित परिवारका सदस्यहरु तथा सर्वसाधारणको सामाजिक कल्याणकारी कार्यमा रहयोग पुर्याउने उद्देश्य रेहेको विज्ञप्तिमा उल्लेख छ । बिज्ञप्ति जारी भएसंगै अर्को विवाद तानियो : संकलित रकम त्यसोभए भूकम्पपीडितका लागि होइन ? नाम भूकम्पपीडितको दाम अर्कैको कसरी ? प्रश्न उठेको छ । प्रश्न उठेसंगै कार्यक्रममा सहभागी नेपाली कलाकारहरुले कडा प्रतिक्रिया दिएका छन् । नयां पत्रिकालाई कलाकारहरुले दिएको प्रतिक्रियाले श्रीमती संघ झनै अफ्ठयारोमा पर्ने देखिन्छ । रेखा थापा  च्यारिटी प्रोग्राम भनियो, मलाई बोलाइयो । भूकम्पपीडितका लागि गरिएको कार्यक्रम भनेर नै म स्टेजमा गएकी हुं । मलाई अरु कुरा थाहा छैन, पैसा भूकम्पपीडितकै लागि खर्च हुनुपर्छ ।

Priyanka_Karki_at_Sadanga_Premier

प्रियकां कार्की  कार्यक्रम गर्नुअघि मलाई भूकम्पपीडितको सहयोगका लागि हो भनिएको थियो, मैले त्यहीअनुसार पर्फम गरें, अब भुकम्पपीडितका लागि भनेर उठाइएको रकम पीडितकै राहतका लागि पुग्नुपर्छ ।

10264175_1015533325156752_2143526683165203243_o

केकी अधिकारी  भूकम्पपीडितका लागि च्यारिटी हो भनेर हामीलाई मञ्चमा नचाइयो, अब अहिले आएर अरु कुरा सुन्दा नरमाइलो लागेको छ । कार्यक्रम जुन उद्देश्यका साथ गरिएको हो, संकलित रकम त्यसैमा खर्च गर्नुपर्छ ।

Sushma Karki Sushmakarkiorg

सुष्मा कार्की  प्रोग्राम दामी भएपनि जुन उद्देश्यका लागि कार्यक्रम गर्ने भनियो, त्यसको सम्बोधन नभएको थाहा पाउंदा दुःख लागेको छ । रकम कति उठ्यो भन्ने कतै खुलाइएको छैन । भारतीय कलाकारलाई कति शुल्क तिरिएको हो सो समेत सार्वजनिक गरिएको छैन । भुकम्पपीडितका लागि भनिएको रकम नेपाली भनाइ मामाको धन फुपुको श्राद्धजस्तै हुने चिन्ता सर्वत्र छाएको छ । नेपाली सेनाका प्रवक्ता ताराबहादुर थापाले संकलित रकमका बारे जानकारी आउन बांकी रहेको जनाए । उनले भूकम्पपीडित भन्ने शब्द विज्ञप्तीमा छुटेकोभएपनि संकलित रकम भूकम्पपीडित सैनिक, सैनिक परिवार तथा सर्वसाधरणको हितका लागि खर्च गरिने प्रवक्ता थापाको प्रष्टिकरण छ ।

विशेष